सय दिनको अवधिमा आशा जगाउने काम सुरु गरेको छु : प्रमुख साह

काठमाडौँ, १९ भदौ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफ्नो विगत एक सय दिनको अवधिमा नागरिकलाई आशा जगाउने कामको सुरुवात गरेको बताउनुभएको छ ।

महानगर प्रमुखको कार्यभार सम्हालेको एक सय दिन पुगेको स्मरण गर्दै आज प्रमुख साहले आफ्नो विगत सय दिनको कार्यकाल कस्तो रह्यो भन्ने बारेमा आफैँले मूल्याङ्कन गर्नेभन्दा पनि आम मानिसले कसरी हेर्नु भयो भन्ने बढी अर्थपूर्ण हुने बताउनुभयो । अहिले सय दिनको दौडानमा रहे पनि आफूसँग पाँच वर्षका लागि योजना रहेको बताउँदै उहाँले अझै केही समय गाली र आलोचना मात्रै सहन तयार हेको भन्दै हतार गरेर महानगरका समस्याको दीगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार नरहेको सुनाउनुभयो ।

अवैध संरचना हटाउने कामका कामपा निरन्तर लागिरहेको स्मरण गर्दै प्रमुख साहले भन्नुभयो, “जुन प्रयोजनका लागि उपयोग गर्ने निर्माण भएको छ त्यहीँ रुपमा प्रयोग हुनुपर्छ, हामीले चाहेको यति मात्रै हो, कुनै पनि सर्तमा यो नियम लागू गर्न हामी पछि हट्ने छैनौँ, फुटपाथ हटाएको सन्र्दभ वास्तविकतामा उभिएर समाधान खोज्दा जे गर्नु पथ्र्यो, त्यहीँ ग¥यौँ, फुटपाथको आधारभूत निर्माण नै पैदलयात्रीका लागि हो, सहरको वास्तविक व्यवस्थापनका लागि फुटपाथ खुल्ला हुन पनि जरुरी हुन्छ, महानगरले पहिले फुटपाथका व्यापारीलाई अन्यत्र राखेर खुल्ला गर्ने कोसिस गरेको थियो, जुन पूर्णरुपमा असफल भयो ।”

फुटपाथ हटाएको प्रभाव बानेश्वर तथा असनलगायत क्षेत्रमा सकारात्मक रुपमा देखिन थालेको उहाँको भनाइ छ । ई–स्पोर्टसका लागि लागि रु एक करोड बजेट छुट्याइएको उहाँले बताउनुभयो ।

यमबुद्धको सालिक बनाउने सन्दर्भमा उल्लेख गर्दै उहाँले भन्नुभयो, “समाजको एउटा पुस्ताको ठूलो सङ्ख्याले आफ्नो भविष्य र कलामा खोजी रहेको कुरालाई स्थापित गराउन बहस र छलफल गराउने विषय पनि सकारात्मक रहेको छ ।” मान्छे एउटै जीवनभित्र फरक फरक भूमिकामा हुने भन्दै उहाँले आफू सार्वजनिक व्यक्तित्व भएका कारणले समाजमा आफ्ना कार्यले पार्नसक्ने प्रभावका बारेमा भने सजग रहेको पनि बताउनुभयो ।

फोहर व्यवस्थापनको सवालमा आशा गरे जति काम हुन नसके पनि झण्डै दुई दशकदेखि कुहिएर रहेको समस्यालाई सतहमा ल्याउन सफल भएको भन्दै प्रमुख सहाले त्यसबाट वास्तविक समस्याको पहिचान गरी दीगो समाधानका उपाय खोज्न सकिने बताउनुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖