भारतलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ, २४ भदौ । श्रीलङ्कामा भएको पुरुष साफ यु–१७ च्यापियनसिप फुटबलमा नेपाल भारतलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

श्रीलङ्काको कोलम्बोस्थित रेस कोर्स मैदानमा आज भएको खेलमा नेपालले भारतलाई ३–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । जीतसँगै नेपाल समूह बी को विजेता बन्यो भने भारत पनि उपविजेताका रुपमा सेमिफाइनलमा पुग्यो ।

समूह बी मा नै रहेको भूटान भने अङ्कविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि भारतले पनि भूटानलाई पराजित गरेको थियो । नेपालको जीतमा सरोज दर्लामी, उनेश बूढाथोकी र सुवास बमले समान १÷१ गोल गरे । खेलमा सुरुआती अग्रता भने भारतले लिएको थियो । खेलको २५औँ मिनेटमा भारतका ड्यानी मेइटीले गोल गर्दै भारतलाई पहिलो अग्रता दिलाएका थिए ।

भारतको १–० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ४५ औँ मिनेटमा नेपालका सरोजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । पहिलो हापसम्म १–१ गोलको बरबरीमा खेलेको नेपालले खेलको दोस्रो हाफमा दुई गोल थप्यो ।

खेलको ४९ औँ मिनेटमा उनेशले गोल गर्दै नेपाललाई दोस्रो अग्रता दिलाए । यसैगरी खेलको ६८ आँै मिनेटमा नेपालका अर्का खेलाडी सुवासले एक गर्दै नेपाललाई ३–१ गोलको जीत दिलाए ।

यस जीतसँगै नेपालले शीर्ष ६ अङ्क जोडेको छ । नेपालले पहिलो खेलमा भूटानलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । प्रतियोगितमा नेपालसहित भारत, भूटान, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेश गरी छ राष्ट्र सहभागी छन् । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖