धनकुटाकी वियुशा राईलाई पौडीमा महिला तर्फ दुई स्वर्ण

प्रकाश बन्जारा , इटहरी । सुनसरीको इटहरीमा बुधबार सम्पन्न भएको प्रदेश एक स्तरिय पौडिको छनौट प्रतियोगितामा संखुवासभाका विकास कुमालले तीन स्वर्ण जितेका छन् ।

पुरुष र महिला तर्फ फरक फरक भएको प्रतियोगितामा १५ जना पुरुष र १० जना महिला खेलाडी सहभागि भएका थिए । आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सुनसरीको इटहरी स्थित ओसियन पार्कमा भएको छनौट खेलबाट पुरुष तर्फ विकास कुमालले २ तीन स्वर्ण पदक जितेका हुन ।

पौडी खेलको छनौट समिति सदस्य इन्द्रजीत राजवंशीका अनुसार मोरङ्ग का संस्कार ढकालले एक गोल्ड र तीन सिल्भर पदक प्राप्त गरेका छन् भने भोजपुरका ससाहाङ्ग राईले तीन वटा ब्रोन्ज मेडल पाएका छन् । छनौट प्रतियोगिताबाट मोरङ्ग का अजय सोरेनले एक ब्रोन्ज मेडल पाएका छन् भने मोरङ्गकै आयुस लामाले एक सिल्भर मेडल पाएका छन् ।

सय मिटरका फ्रि स्टायल, ब्रेस्ट स्टोक , व्याक स्टोक र बटरफ्लाई बिद्यामा प्रतिस्पर्धा गराएको पौडीका संयोजक दिपक राई बताउँछन् ।
यसैगरी महिला तर्फको प्रदेश स्तरिय पौडी प्रतियोगितामा धनकुटाकी बिभुषा राईले दुई गोल्ड मेडल जितेकी छन् । राईले सय मिटर फ्रि स्टायल र बे्रस्ट स्कोकमा स्वर्ण जितेकी हुन भने दुवै विद्यामा मोरङ्गकी उपाशना राईले सिल्भर मेडल पाएकि छन् । यता भोजपुरकी सिसुवुनु राईले दुवै विदामा ब्रोन्ज मेडल पाइन । महिला तर्फको सय मिटर व्याक स्टोकमा सिसुवुनु राईले स्वर्ण जितेकि छन् भने मोरङ्गका आर्विया पौद्धारले सिल्भर र सिरिम प्रसाईले ब्रोन्ज मेडल जितेकी छन् ।

पौडीमा बिभिन्न ८ जिल्लाका खेलाडीहरु प्रदेश स्तरिय छनौट प्रतियोगितामा सहभागि भएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖