मेरो कार्यकालमा धनकुटाको बिकास निर्माणका लागि ३० अर्ब भन्दा बढी बजेट ल्याएं : राजेन्द्र राई

धनकुटा । प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राईले आफ्नो करिब पाँच बर्षे कार्यकालमा विकास निर्माणका लागि धनकुटामा ३० अर्ब भन्दा बढी बजेट ल्याएको दावी गरेका छन् ।

आफ्नो कार्यकालमा भएका विकास निर्माणका गतिविधि सार्वजनिक गर्न सांसद राईले आज धनकुटामा पत्रकार सम्मेलन गरेर यस्तो दावी गरेका हुन् । आर्थिक बर्ष २०७५/०७६ देखि हालसम्म ३० अर्ब ६१ करोड ५५ लाख ५० हजार बजेट धनकुटामा भित्र्याउन सफल भएको सांसद राईको भनाई छ ।

राष्ट्रिय गौरवको आयोजना अरुण करिडोर (चतरा–लेगुवाघाट) निर्माण प्रकृया थालनी देखि प्रदेशकै नमुना विद्यालय निजामति आवासिय विद्यालयको भवन निर्माण, जिल्लाका अन्य विद्यालयका भवन, स्वास्थ्य चौकी, सडक विस्तार जस्ता विकासका काम आफ्नो पहल र प्रयत्नमा भएको सांसद राइले बताए ।

अरुण करिडोर निर्माणका लागि ७ अर्ब बजेट विनियोजन गराउन सफल भएको भन्दै उनले खुशी व्यक्त गरे ।

आर्थिक बर्ष २०७५/०७६ मा २ अर्ब ७६ करोड १० लाख ५० हजार, २०७६/०७७ मा १ अर्ब ६३ करोड ४१ लाख ५० हजार, २०७७/०७८ मा ३ अर्ब २ करोड ८८ लाख ५० हजार, २०७८/०७९ मा १२ अर्ब ७९ करोड ७५ लाख र चालु आर्थिक बर्ष २०७९/०८० मा ३ अर्ब ३९ करोड ४० लाख बजेट ल्याउँन सफल भएको उनले बताए ।

यो पनि…
अब स्याटलाइटमार्फत ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा
काभ्रेपलाञ्चोक, ४ असोज (रासस) ःस्याटलाईटमार्फत नेपालका ग्रामीण भेगमा इन्टरनेट सेवा प्रदान गर्नेबारे काभ्रेपलाञ्चोकको धुलिखेलमा बृहत छलफलको आयोजना गरिएको छ । एशिया प्यासिफिक टेलिकम्युनिटी र नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा ‘वर्तमान प्रविधिको प्रयोग र यसको उपादेयता’ विषयक तीन दिने दक्षिण एशियाली कार्यशालामा इन्टरनेट सेवामा नयाँ प्रविधिको विकासबारे छलफल हुनेछ ।

कार्यशालामा नेपालको ग्रामीण भेगमा स्याटलाइटमार्फत इन्टरनेट सेवा प्रदान गर्न तथा दक्षिण एशियामा टेलिकम्यूनिकेशनको क्षेत्रमा गर्न सकिने नयाँ प्रविधिको विषयमा वृहत छलफल हुनेछ । कार्यशालामा नेपाल, भारत, बङ्गलादेश, अफ्गानिस्तान, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भूटानका टेलिकम्यूनिकेशनको उत्पादक, सेवाप्रदायक र नियामक निकाय तथा स्याटलाइट स्पेसमा कार्यरत हङ्कङ र मलेसियाका सेवाप्रदायक संस्थाका प्रतिनिधिसमेतको सहभागिता रहेको छ ।

कार्यशालाको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले आज उद्घाटन कार्यक्रममा कोभिड–१९ को महामारी र त्यसपछिको समयमा प्रविधिको महत्व अझ बढेको बताउनुभयो । उहाँले नेपालका गाउँगाउँमा स्याटलाइटमार्फत इन्टरनेट सेवा प्रदान गर्न गरिने छलफलले सार्थकता पाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

यस्तै दक्षिण एशियाली टेलिकम्यूनिकेशनका महासचिव मेनोसोरी कोण्डोले नेपालस्थित नेपाल दूरसञ्चार प्राधिकरणले दक्षिण एशियामा टेलिकम्यूनिकेशनको क्षेत्रमा गर्न सकिने नयाँ प्रविधिको विषयमा वृहत छलफल गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

सो अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक दिपेश आचार्यले टेलिकम्यूनिकेशनको प्रविधि ठूलो क्षेत्रमा प्रयोग भइरहेने हुँदा जुन प्रविधिको प्रयोग हुन्छ फ्रिक्वेन्सी प्रयोग, सामग्रीको उपलब्धतामा सहजताका कारण सोही प्रविधि अन्य राष्ट्रले पनि प्रयोग गर्नुपर्ने बताउनुभयो । नेपालको पहाडी भू–भागमा कस्तो प्रविधिको प्रयोग गर्न सकिन्छ भन्नेबारे पनि छलफल हुने उहाँले जानकारी दिनुभयो ।

आचार्यका अनुसार एशियाली क्षेत्रअन्तर्गत नेपालको भौगोलिक र सांस्कृतिक सामिप्यताका कारण ‘फाइभ–जी’, स्याटलाइट प्रविधि, वाइफाइ एक्सेसका क्षेत्रका लागि उपयुक्त के हुनसक्छ र प्रत्येक नागरिकको हातमा इन्टरनेट पु¥याउन के प्रयोग गर्दा ठिक हुन्छ भन्ने विषयमा विविध छलफलको योजना बनाइएको छ ।

कार्यशालाको मूल उद्देश्यनै टावरले नधानेको नेपालका विभिन्न स्थानमा इन्टरनेट पु¥याउने उपायको खोजी नै रहेको जनाइएको छ । “स्याटलाइटमार्फत इन्टरनेट सेवा प्रदान गर्न पहिला महँगो थियो, अहिले सस्तो आएको यसबारे उपायको खोजी गरिनेछ र वाइफाइ, अप्टिकल फाइवर, आर्टिफिसियल इन्टेलिजेन्समा पनि छलफल केन्द्रीत रहनेछ”, आचार्यले भन्नुभयो ।

नेपालको ‘फाइभ–जी’ इन्टरनेट सेवा मोबाइलमा मात्र हैन, अब सूचना–प्रविधिका सामग्रीमा पनि इन्टरनेटबाट नियन्त्रण गर्न सकिने भएकाले प्रविधिमा नयाँपनको आवश्यकता महसुस गरिएको हो । बिहीबारसम्म सञ्चालन हुने कार्यशालामा भौतिक रुपमा ८० र भर्चुअल माध्यमबाट एक सय जना सहभागी छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖