धानबाट भन्दा बढी आम्दानी हुने भएपछि मकैखेती

झापा, ५ असोज । भद्रपुर नगरपालिका–५ का किसान महेश यादवको अधिकांश समय मकैखेतीमा नै बित्ने गरेको छ । उहाँले १० बिघामध्ये तीन बिघा जमिनमा यतिबेला मकैखेती गर्नुभएको छ ।

भदौको पहिलो हप्ता लगाएको मकै हुर्केर कम्मर–कम्मर भएको छ । कात्तिकको दोस्रो हप्तादेखि घोगा मकै बिक्री गर्ने उद्देश्यले उहाँले सो खेती गर्नुभएको हो । “धान खेतीबाट भन्दा बढी मकैबाट आम्दानी हुन्छ”, यादव भन्नुहुन्छ, “बिक्री पनि खेतबाट हुने र धानलाई जस्तो बढी मेहेनत पनि गर्नु नपर्ने हुँदा वर्षौँदेखि मकैखेती गर्दै आएको छु ।”

उहाँले प्रतिबिघा वार्षिकरूपमा २० हजार दिने गरी १० बिघा जमिन भाडामा लिएर खेती गर्दै आउनुभएको छ । जसमध्ये तीन बिघा जमिनमा उहाँले यसपालि बैमासमी मकै लगाउनुभएको छ । उहाँले पानी नजम्ने अली डाँडो स्थानमा मकैको खेती लगाउने गरेको बताउनुभयो ।

यादवले एउटै मकैको बोटमा दुईवटासम्म घोगा लाग्ने र प्रतिघोगा रु १५ का दरले बोटबाटै बिक्री गर्ने गरेको बताउनुभयो । उहाँले धान पाकेपछि बाँकी जमिनमा समेत हिउँदे मकैको खेती लगाउने बताउनुभयो । भारतबाट मकै ल्याएर यहाँ व्यापारीहरूले बिर्तामोड, चन्द्रगढी, काँकरभिट्टालगायतका सडकपेटीमा पोलेर बेचिरहेको देखेपछि बेमौसमी मकैखेती आफूले सुरु गरेको उहाँको तर्क छ । “गर्दा यही हुँदोरहेछ”, उहाँले भन्नुभयो “व्यापारीले पनि भारतपुग्न नपर्ने र आफ्नो पनि आम्दानी राम्रो हुन्छ । धेरै नसके पनि सबैले उपयुक्त ठाउँको पहिचान गरेर बेमौसमी मकैखेती गर्दा हुन्छ ।”

कृषि ज्ञान केन्द्रका पूर्वप्राविधिक शेषराज पौडेलले तराईको क्षेत्रमा यतिबेला लहलह मकै हुनु खुसीको कुरा भएको बताउनुभयो । उहाँले असारदेखि कात्तिक मङ्सिरसम्म धानको मौसम भए पनि यादवले गर्दा जे पनि हुँदोरहेछ भन्ने उदाहरण पेश गर्न सफल भएको बताउनुभयो ।

कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी गणेश शिवाकोटीले हिउँदे मकै जिल्लामा ४४ हेक्टर जमिनमा हुने गरे पनि बेमौसमी मकै थोरै किसानले मात्र लगाउने गरेको बनाउनुभयो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।