धनकुटामा बाबुको खु’कुरी प्र’हारबाट छोराको मृ’त्यु

धनकुटा, २१ असोज । धनकुटाको पाख्रिवास नगरपालिका ९ उत्तरपानीमा घरायसी विवादका कारण आज विहान बाबुले खु’कुरी प्र’हार गरी छोराको ह’त्या गरेका छन् ।

५४ बर्षिय बावु उपेन्द्र ठाडामगरले आफ्नै ३० बर्षिय छोरा संन्तोष ठाडामगरलाई खु’कुरी प्रहार गर्दा उनको घटना स्थलमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

उपेन्द्र ठाडामगरलाई प्रहरीले पक्राउ गरि सकेको छ । घटनाको थप अनुसन्धान र कानुनी प्रकृयाका लागि जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख लक्ष्मीराज अधिकारी सहितको टोली घटना स्थल तर्फ प्रस्थान गरि रहको प्रहरीको भनाई छ ।

यो पनि पढ्नुहोस्…
सडक अवरुद्ध हुँदा दसैँ मनाउन आएका गाउँमै रोकिए
डम्मरबुढा मगर/ढोरपाटन, २१ असोज । तीन दिनदेखि परेको निरन्तर वर्षाको कारण बागलुङका ग्रामीण तथा मुख्य सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा दसैँ मनाउन गाउँ आएका मानिस बजार फर्किन पाएका छैनन् । निरन्तर भारी वर्षा हुँदा सडक खुलाउनसमेत समस्या भएको छ । वर्षाले जिल्लाका १० वटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

दसैँ मनाउन बुटवलदेखि निसीखोला आउनुभएकी माया घिमिरेले वर्षाका कारण सबै आफन्तजनको हातबाट टीका लगाउन नसकेको बताउनुभयो । उहाँले आफ्ना आफन्त झिम्पा, बडाचौँर, थापागाउँलगायत गाउँमा रहेको र वर्षाले सडक बिग्रिँदा टीका थाप्नसमेत जान नसकेको गुनासो गर्नुुभयो ।

“वर्षाले यसपालीको दसैँ राम्रोसँग मनाउन पाइएन, सबै आफन्तजनको हातबाट टीका लगाउन पनि सकिएन, दसैँ मनाउनकै लागि टाढाबाट आइयो, एउटा गाउँमा मात्रै आफन्त हुनुहुन्न, सबै ठाउँ पुग्ने बाटोघाटो सबै भत्किएछ”, घिमिरेले भन्नुभयो, “अब बुटवल फर्किने समय पनि हुन लाग्यो, बजार झर्ने बाटो सबै बन्द भएछन्, फर्किन ढिला हुने भयो ।”

दसैँ मनाएर पोखरा फर्किनुभएका बडिगाड–१० का तुलबहादुर नेपाली सडक बिग्रिएपछि बाटोमै अलपत्र परेको बताउनुभयो । उहाँले दसैँको भोलिपल्टै आउने भनेर काम गर्ने कम्पनीमा बिदा लिएर आएको थिएँ तर वर्षाले सडक बिग्रिँदा बीच बाटोमै रोकिनुपरेको पीडा सुनाउनुभयो ।

“काम गर्ने ठाउँमा दसैँको भोलिपल्टै हाजिर हुन्छु भनेर आएँ, वर्षाले सडक नै बन्द बनाएको छ, हिँडेर जाने सम्भावना पनि छैन, गाउँका बाटा त सबै पहिरोले बन्द थिए, यहाँसम्म त हिँडेरै झरेँ, यहाँबाट गाडीमा जाने भनेको यता पनि बाटो बन्द रैछ”, नेपालीले भन्नुभयो, “अब कसरी जाने ?, यो पानी नरोकिएसम्म सडक खुलाउन सकिन्न होला, धेरै ठाउँमा गएको रैछ पहिरो पनि ।”

दसैँ मान्न निसीखोला आउनुभएका मिलन घर्ती पनि पानीका कारण तानसेन फर्किन पाउनुभएको छैन । तानसेनमा फर्निचरमा काम गर्दै आउनुभएका उहाँले दसैँ मान्नका लागि असोज १७ गते गाउँ आएको बताउनुभयो । दसैँ मानाएर फर्किने गरी चार दिनको बिदा लिएर गाउँ आएको भन्दै सडक अवरुद्ध हुँदा फर्किन नसकेको उहाँको भनाइ थियो ।

“पानी निकै ठूलो प¥यो, दुई÷तीन दिनदेखि परेको पानीले सडक सबै भत्किएका छन्, अलिकति सामान पनि लैजानु पर्ला भन्ने लागेको थियो, बिदा पनि थोरै दिनको लिएर आइयो, पानीले निकै दुःख दियो”, मिलनले भन्नुभयो, “सडक खुलाउन पनि समस्या छ, धेरै ठाउँमा पहिरो झरेको छ, यो पहिरो सफा गर्न पनि कम्तीमा पनि दुई दिन लाग्छ ।”

निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले निरन्तर वर्षाका कारण सडक खुलाउन समस्या भएको बताउनुभयो । उहाँले मुख्य र ग्रामीण सडकको दजनौँ स्थानमा पहिरो जाँदा अवरुद्ध सडक भएकाले आफूहरुले खुलाउनका लागि उपकरण प्रयोग गर्न लगाएको जानकारी गराउनुभयो ।

“दसैँ मनाएर फर्किनेलाई लक्ष्य गरी सडक खुलाउन थालेका छौँ, पानी परिरहेको हुँदा निकै समस्या भएको छ, सडक खुलाउन उपकरण प्रयोग भएका छन्”, अध्यक्ष घर्तीमगरले भन्नुभयो, “धेरै ठाउँमा पहिराले सडकमा क्षति पु¥याएको छ, सडक जतिसक्दो छिटो खुलाउने प्रयास गरिरहेका छौँ ।”

वर्षाले पूर्व–पश्चिम मध्यपहाडी लोकमार्गको निसीखोला खण्डमा दर्जन बढी ठाउँमा सडक अवरुद्ध भएको छ । केही ठाउँमा गाडी चालकले पन्छाए पनि ठूलो पहिरो उपकरणको सहायताले सफा गर्नुपर्ने सम्बद्ध चालकको भनाइ थियो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।