चुनावी माहोल (कविता)
कविता
चुनावी माहोल
-वीरबल खड्का
चुनावी माहोल शुरु भयो,
नेता कार्यकर्ता जताततै देखिए,
जनता पनि उतिकै छन्,
चोकमा, चौतरामा गफ शुरु भयो,
कसले जित्ने, कसले हार्ने
कति जना त
घरको कामै छोडेर भुल्ने,
सांच्चै अब चाहिं
चुनावी माहोल शुरु भयो।
उम्मेदवार उठने नेताको चर्चा
पार्टीको चर्चा जताततै
अनुमान आंकलन गर्न थाले,
यो ठिक की त्यो ठिक,
मेरो पार्टी कि तिम्रो पार्टी,
कोही भन्छन स्वतन्त्र,
अब चाहिं सांच्चै
चुनावी माहोल शुरु भयो।।
सबै सुन्न पाईने रहेछ,
अस्तिको कुरा
हिजोको कुरा,
बिकास समृद्धि गफ,,
गुन बैगुन, जस-अपजस ,
ठेक्कापट्टा
कसैका ,नियुक्ति
सदाचार भ्रष्टचार,
सरुवा रे कसैको बढुवा
जनता देखिने नदेखिने
सांच्चै अब चुनावी माहोल शुरु भयो।
सामाजिक सञ्जाल देखि
प्रत्यक्ष कल त्यो पनि
नयां देखि दौतरी साथी सम्मको,
कति मजा लाग्ने प्रश्न,
भेट हुने साथ सोध्ने,
बुझ्ने ले पनि नबुझ्ने ले पनि
भोट चहि कसलाई दिने?
सांच्चै चुनावी माहोल शुरु भयो।
बिचारमा बिचित्रता छ,
चुनाबकै बिषयले ठाउ पाएछ
किनकी
वल्लो गाऊ ,पल्लो गाऊ
सहरभित्रका चोक
चिया पसल होस कि भट्टी
सार्बजनिक ठाऊ
नल-नाता साथी भाई ,
धेरैले चुनाबकै चर्चा,
जताततै एउटै गफ,चुनाव
किनकी
चुनाबी माहोल शुरु भयो।।।
दान मध्यको ठुलो
अमुल्य मतदान कै कुरा हुन थाल्यो
अनि
अब बिस्तारै
पैसा खेल हुन्छ भन्छन कोही
कति सारो
के हाट बजारमा राखेका बस्तु हुन मतदाता?
कमजोर मुल्यांकन नगरियोस्
कतै सिलाई मेसिनको साथ
ल्यापटप पनि आउन थाल्यो रे,
गाऊ सहरमा
प्रलोभन
भोट माग्न साच्चै
चुनावी माहोल सुरु भयो ।
दलहरू – उम्मेदवारहरू
खो-खो, कबड्डी खेल
केहि रातो हरियो कोही नीलो
झण्डा बोक्न थाले,
प्रवचन दिने नेता
भीड जम्मा भयो
हावामा झुण्डिएका चीजहरूको
चुनावी माहोल सुरु भयो ।
सहज कुराकानी संग
जनतालाई भ्रमित गर्ने
नेताहरु फेरि झुटा आश्वासन दिएर
तिनीहरु बिच चिच्याउन थाले
फेरि रामराज्य बन्छ
यो सपना जस्तै लाग्यो
अब भोटको मूल्य राख्छन
चुनावी माहोल सुरु भयो ।
अन्त्यमा …
जीत हार होस नेताको,
तर जनताले हार्न नपरोस,
सुख दुखको सहयात्री हुने
जनताको मतको सम्मान होस
विकास र समृद्धि छाहोस
चुनावी माहोल शुरु भयो।।
-धनकुटा


