हिलेमा अवस्थित धार्मिक पर्यटकीय स्थल श्री बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर प्रवेशद्धार गेट नेपाली सेनाले निर्माण गर्ने
धनकुटा । धनकुटाको हिलेमा अवस्थित धार्मिक पर्यटकीय स्थल श्री बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर प्रवेशद्धार गेट नेपाली सेनाले निर्माण गर्ने भएको छ ।
आज एक कार्यक्रमका विच मन्दिरको गेट भिमदल गण सल्लेरीका गणपति सुमन थापाले शिलान्यास गर्नु भएको छ । मन्दिर प्रवेशद्धारको शिलान्यास गर्दै गणपति थापाले नेपाली सेनाको आर्थिक वर्ष २०७९/८० को बजेट १० लाखमा निर्माण गर्न लागिएको जानकारी दिनु भयो ।
साथै उहाले नेपाली सेना धनकुटा जिल्लामा रहेको विभिन्न धार्मिक स्थलहरुको संरक्षण प्रवद्र्धनका लागि काम गर्दै आईरहेको जानकारी दिनु भयो ।
प्रवेशद्धार शिलान्यास कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, बजार व्यवस्थापन समितिका पदाधिकारी लगायत स्थानीय बासिको उपस्थिति रहेको थियो ।



