एमालेको घोषणापत्र (पूर्णपाठ)

काठमाडौं, १५ कात्तिक । एमालेले चुनावी घोषणापत्र सार्वजनिक भएको छ । मंगलबार एमाले अध्यक्ष केपी ओलीले होटल याक एन्ड यतीमा आयोजित कार्यक्रममा घोषणापत्रलाई डिजिटल रूपमा सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा २० ग्यारेन्टीसहितको नारा अघि सारिएको छ । जसमा निकै महत्वाकांक्षी योजना र नारा उल्लेख छ ।

सकियो पहिलो चरणको निर्वाचन सामग्री ढुवानी
काठमाडौँ, १५ कात्तिक (रासस);आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि सबै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी भइसकेको छ । यीमध्ये डोल्पा, मुगु, जुम्ला, हुम्ला, बाजुरा, गोरखा, मनाङ र सिन्धुली जिल्लालाई आवश्यक पर्ने सम्पूर्ण सामग्री ढुवानी भइसकेको छ भने बाँकी जिल्लामा थप सामग्री दोस्रो चरणमा लगिने कार्यक्रम रहेको निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

हालसम्म आयोगले ९३ ट्रक सामान ढुवानी गरिसकेको छ । दोस्रो चरणमा धेरै जनसङ्ख्या र निर्वाचन क्षेत्र भएका तराईका जिल्लामा सामाग्री ढुवानी गरिने भएको छ ।

सात जिल्लाको मतपत्र छपाइ बाँकी

निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत सात जिल्लाको मात्र मतपत्र छपाइ हुन बाँकी छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको सबै मतपत्र छपाइ सम्पन्न भएर ७५ जिल्लामा ढुवानीसमेत भइसकेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत अब काठमाडौँ, ललितपुर, भक्तपुर, बारा, धनुषा, सर्लाही र रौतहट जिल्लाको मतपत्र मात्र छपाइ हुन बाँकी रहेको छ ।

यी जिल्लामा करिब ८४ लाख मतपत्र आवश्यक पर्नेछ । आयोगले हालसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि करिब चार करोड तथा पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि तीन करोड चौध लाख ५६ हजार पाँच सय मतपत्र छपाइ गरिसकेको छ । गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, प्यूठान, रोल्पा, दाङ, सल्यान, रूकुमपश्चिम तथा रूकुमपूर्वका मतपत्र ढुवानीसमेत भइसकेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।