फ्युजन भित्र कन्फ्युजन (कविता)
कविता
-वीरबल खड्का
फ्युजन भित्र कन्फ्युजन
महोदय ,,,,
ठुला बडा सधै फ्युजन
साना चहि कन्फ्युजन ,,
फ्युजन, फ्युजन,??
टाउको मिल्दा फ्युजन
पुच्छर लाई चहि किन कन्फ्युजन?
कुनै समय
आन्दोलन दबाउने लाई
आन्दोलनकारीले भोट दिनु रे,
लु कन्फ्युजन ?
हिजो टाउको ताक्ने हरु
आज तिनै टाउको छेक्ने भए
कस्तो कन्फ्युजन,
पाँच वर्षमा एकपटक चुनाव गर्ने,
मिल्ने नमिल्ने सबै एकै ठाऊ हुदा पनि
फ्युजन रे उफ,,
त्यसैले जन्मिन्छ यहाँ
बिचार दृष्टिकोण मै कन्फ्युजन।
फ्युजन सत्य तथ्य भन्ने
अखबार छाप्न दिने ।
मनपरी गाली पनि गर्ने
पाठकलाई चहि कन्फ्युजन।
भोट पनि गराउने ।
चिन्ह फरक भए पनि एउटै रे
फ्युजन
अस्था
चिन्ह दुईटा त्यहाभित्र पनि कन्फ्युजन ।।
चुनाव
हेर्ने ले जित्ने जित्ने हार्ने
व्यबस्था कन्फुयजन
सत्ता र शक्तिको दरुपयोग गर्ने
निष्पक्षता छ भन्ने दल,आयोग
फ्युजन
मतदाता लाई भया भए बनाउने ,
भन्ने एउटा गर्ने अर्को कन्फ्युजन।।
त्यसैले ठुला सधै फ्युजन
साना लाई चहि कन्फ्युजन।।।
–पाख्रिबास,धनकुटा

