धनकुटामा यस्तो देखियो एमालेको घरदैलो अभियान (फोटो फिचर)

धनकुटा । नेकपा एमालेका उम्मेद्वारहरुले मंगलबार धनकुटा नगरपालिका–५ मा चुनावी घरदैलो गरेका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेद्वार राजेन्द्र राईसहित प्रदेश सभा सदस्यका समानुपातिक उम्मेद्वार शिव आङ्ला र मनकुमारी तितुङको टोलीले चुनावी घरदैलो गरेको हो ।

उम्मेद्वार राई दिउँसो पाख्रीवासको चुनावी कार्यक्रममा थिए । त्यहाँबाट फर्किएपछि साँझ धनकुटा–५ तल्लो कोप्चे, माथ्लो कोप्चे र बिहिबारे हटिया आसपास क्षेत्रमा घरदैलो गरिएको हो । सो अवसरमा उम्मेद्वार राईले मतदाताहरुको घरमा पुगेर फुलको गुच्छा दिदैं आफुलाई सघाउँन आग्रह गरेका छन् । आफुले धनकुटाको विकासका लागि धेरै कामको थालनी गरेको र ती कामहरुलाई पुरा गर्दै जिल्लाको समग्र विकासलाई गति दिनका लागि सूर्य चिन्हमा मतदान गर्न राईले मतदाताहरुलाई आग्रह गरे ।

उम्मेद्वारहरुसँग त्यहाँका जनताले तत्लोकोप्चे र माथ्लो कोप्चे क्षेत्र ओझेलमा परेको भन्दै सो क्षेत्रको विकासमा ध्यान दिन सुझाव दिएका छन् । सो अवसरमा उम्मेद्वार राईले आफुले चुनाव जितेपछि सो क्षेत्रको सडकलाई लक्षित गर्दै बिहिबार हटिया नजिक बसपार्क बनाउँने प्रतिवद्धता जनाएका छन् । राईको प्रतिवद्धतापछि सो क्षेत्रका मतदाताहरु उत्साहित बनेका छन् । बसपार्क बनेपछि सो क्षेत्रको चहलपहल बढ्ने र त्यहाँको विकासले गति लिने राईले बताए ।

उम्मेदवार घरदैलोमा व्यस्त
विराटनगर, २३ कात्तिक (रासस) ःमोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार घरदैलोमा व्यस्त रहेका छन् ।

यसक्रममा वामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार डा शेखर कोइराला चुनावी प्रचारप्रसारमा व्यस्त हुनुहुन्छ । उहाँ विसं २०७४ मा भएको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार लालबाबु पण्डितबाट पराजित हुनुभएको थियो । सोही क्षेत्रका एमालेका तर्फबाट पण्डित पुन ः निर्वाचनमा होमिनुभएको छ ।

विगतको भन्दा फरक शैली अपनाएर चुनावी मैदानमा उत्रेका उम्मेदवार निर्वाचन आचारसंहिता पालनासहित कार्यकर्ता र मतदाता शिक्षालाई व्यवस्थित गर्न कार्यकर्तालाई निर्देशन पनि दिइरहेका छन् । जनसभा र आमसभा भन्दा पनि घरदैलो र कोणसभामा मात्र देखिने उम्मेदवार बिहानदेखि बेलुकैसम्म भेटघाट, चुनावी रणनीति, प्रचारप्रसार तथा कार्यकता र मतदाताका गुनासो एवं मागलाई गहनपूर्वक सुनिरहेको पाइन्छ ।

यही क्षेत्रमा प्रतिनिधिसभामा मङ्गोल नेश्नल अर्गनाइजेशनका मोहनबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल क्षेत्री, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दुखाराम माझी, जनमत पार्टीका बुद्धिराम माझी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका राजु मण्डल, जनता प्रगतिशील पार्टी नेपालका प्रशान्त ठाकुर, बहुजन शक्ति पार्टीका नारायण पासवान, हाम्रो नेपाली पार्टीका टेकबहादुर अधिकारी क्षेत्री, राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधान, नागरिक उन्मुक्ति पार्टीका बलराम खवास र नेपाल मजदूर किसान पार्टीका चिरञ्जीवी खतिवडा उम्मेदवार बन्नुभएको छ । सबै उम्मेदवारले जनतालाई आ–आफ्ना पक्षमा आकर्षित गराउने पक्षमा कसरत गरिरहेका छन् ।

कूल एक लाख २६ हजार सात सय ६१ मतदाता रहेको यस क्षेत्रको प्रदेशसभा ‘१’ मा ७८ हजार नौ सय ६४ र ‘२’मा ४७ हजार सात सय ९७ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

सो क्षेत्रमा मतदानस्थल ३९ र मतदान केन्द्र एक सय ४१ छन् । कार्यालयका अनुसार यस क्षेत्रमा बूढीगङ्ग गाउँपालिकाका सबै वडा, विराटनगर महानगरपालिकाका वडा नं ४,५,६,७,९,११ र १२ तथा सुन्दरहरैचा नगरपालिकाका वडा नं २,३,४,५,६ र ७ पर्दछन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।