प्र’तिबन्धित ला’गुऔ’षध सहित १ जना पक्राउ

झापा, कार्तिक २७ । झापाको बुद्धशान्ति गाउँपालिका-३ स्थितबाट प्र’तिबन्धित ला’गुऔ’षध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कचनकवल गाउँपालिका-१ झापा घर भई बुद्धशान्ति-३ मा बस्दै आएका ३१ बर्षीय मोहमद हुसेन रहेका छन । हिजो राती ९ बजे ला’गुऔ’षध नियन्त्रण व्युरो काकरभिट्टा, इलाका प्रहरी कार्यालय धुलाबारी र बुधबारेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा हुसेनको साथबाट १०२ ग्राम ब्रा’उन सु’गर बरामद गरेको हो भने मेचीनगर-८ का बिकाश राजबंशीको कोठामा लुकाई राखेको २५ ग्राम २५० मिलि ग्राम ब्रा’उ सुगर र डिजिलट तराजु १ थान समेत बरामद गरेको हो ।

प्र’तिबन्धित ला’गुऔ’षध ब्रा’उन सु’गर सहित पक्राउ परेका हुसेनको इलका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको र बिकाश राजबंशी घरकोठामा नरहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

काठमाडौँ–९ मा श्रेष्ठ र धमला प्रतिस्पर्धामा, यस्ता छन् उम्मेदवारका एजेण्डा
– सचिना बानियाँ/काठमाडौँ, २७ कात्तिक (रासस) : मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । चुनाव नजिकिँदै गर्दा उम्मेदवार मत माग्न रातदिन खटिएका छन् । काठमाडौँ क्षेत्र नं ९ मा नयाँ र पुराना नेता चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

नेकपा (एमाले)बाट विसं २०७४ निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित सांसद कृष्णगोपाल श्रेष्ठ पुनः प्रतिस्पर्धामा हुनुहुन्छ । त्यस्तै सत्तारुढ वाम–लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)की कल्पना धमला हुनुहुन्छ । उहाँहरू दुई जनाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

विसं २०७४ निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार एमालेका श्रेष्ठले कांग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जितलाई आठ हजार ५० मतले मतान्तरले पराजित गर्नुभएको थियो । उहाँले तत्कालीन समयमा २२ हजार आठ सय ५२ मत प्राप्त गर्नुभएको थियो । त्यतिबेला विवेकशील साझा पार्टीका उम्मेदवार मिलन पाण्डेले चार हजार नौ सय ४६ मत प्राप्त गरी तेस्रो स्थान हासिल गर्नुभएको थियो ।

अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएका श्रेष्ठलाई गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनको मतपरिणामले विरासत जोगाउन हम्मेहम्मे देखिन्छ । प्रतिनिधिसभा निर्वाचन काठमाडौँ क्षेत्र नं ९ मा १४ वटा वडा पर्छन् । स्थानीय तहको निर्वाचनमा कांग्रेसले आठ वडा र एमालेले छ वडामा विजय हासिल भएको छ । एमालेका वडाध्यक्षले पाएको मतभन्दा कांग्रेस छ सय ३४ मतान्तरले अगाडि छ । कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले माओवादीका धमलालाई समर्थन गरेको छ । कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको मत जोड्दा कुल २१ हजार ७६ हुन्छ । विसं २०७४ को निर्वाचनमा चार हजार नौ सय ४६ मत प्राप्त गरी तेस्रो स्थान हासिल गर्नुभएका विवेकशील साझा पार्टीका उम्मेदवार मिलन पाण्डे पनि श्रेष्ठका लागि तगारो बन्नसक्नुहुन्छ ।

अग्रगमनको पक्षमा संविधानको रक्षा, राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासन राजनीतिक मुख्य एजेण्डा लिएर कल्पना धमला मैदानमा उत्रिनुभएको छ । संविधानमा उल्लेखित नागरिकका मौलिक हकलाई कानुन बनाएर कार्यान्वयन गर्ने उहाँले प्रतिबद्धता गर्नुभएको छ । गठबन्धन दलहरूको परम्परागत मत तान्न नसके माओवादी केन्द्रकी धमलालाई विजयी गाह्रो हुने देखिन्छ ।

एमालेका कृष्णगोपाल श्रेष्ठले यसअघिको कार्यकालमा बाँकी सडक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका अपूरा योजना नयाँ कार्यकालमा पूरा गर्ने मुद्दा बोकेर चुनावी मैदानमा उत्रिनुभएको छ । उहाँले राजनीतिमा युवालाई आकर्षण गर्न आगामी संसदीय र निर्वाचनको प्रक्रियामा सहभागी नहुने बताउँदै आउनुभएको छ ।

साझा पार्टी नेपालबाट उम्मदेवारी दिनुभएका मिलन पाण्डले शिक्षकलाई सांसदलाई भन्दा बढी तलब दिनुपर्ने माग उठाउँदै आउनुभएको छ । मर्यादाक्रममा शिक्षकलाई ‘मानार्थ’रूपमा सांसदकै तहमा राख्नुपर्नेमा उहाँको जोड छ । प्रधानाध्यापकलाई मन्त्रीसरह तलव–सुविधा र ‘मानार्थ’रूपमा मर्यादाक्रममा मन्त्रीसरह राख्ने उहाँको प्रमुख एजेण्डा छ ।

प्रतिनिधिसभा निर्वाचन काठमाडौँ क्षेत्र नं ९ मा १४ वटा वडा पर्छन् । काठमाडौँ महानगरका १२, १४, २१, २२, चन्द्रागिरि नगरपालिकाका १, १२, १३, १४, १५, नार्गाजुन नगरपालिकाका ६, ७, ८, ९, १० वडा यस क्षेत्रभित्र पर्छन् । जसमध्ये कांग्रेसले काठमाडौँका दुई, चन्द्रागिरिका तीन र नागार्जुनका तीन वडामा विजय हासिल गरेको छ । एमालेले काठमाडौँका दुई, चन्द्रागिरिका दुई र नागार्जुनका दुई वडामा विजय प्राप्त गरेको छ ।

गत स्थानीय तहको मतपरिणाम अनुसार कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । कांग्रेसका वडाध्यक्षहरुले १९ हजार नौ सय १६ मत प्राप्त गरेका छन् भने एमालेका वडाध्यक्षले १९ हजार दुई सय ८२ मत ल्याएका छन् । त्यस्तैगरी माओवादी केन्द्रका वडाध्यक्षहरुले छ सय ९५ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)ले चार सय ६५ मत प्राप्त गरेको छ ।

काठमाडौँ–९ मा १२ दलगत उम्मेदवार र १० स्वतन्त्रसहित २२ जनाको उम्मेदवारी रहेको छ । श्रेष्ठ, धमला, पाण्डेसहित राष्ट्रिय स्वतन्त्र पार्टीबाट टेकबहादुर पोखरेल, कांग्रेस विपीबाट रमेश थापा, राप्रपाबाट देवेन्द्र प्रधान, जसपाबाट शर्मिला सुवाल (डङ्गोल)लगायतको प्रतिस्पर्धा हुने देखिन्छ ।

सो क्षेत्रमा न्यूरोड, सङ्कटा मन्दिर, भोटेबहाल, लगनटोल, यंगाल, ब्रम्हटोल, जैशीदेवल, टेकु, कुलेश्वर, रविभवन, बल्खु, कलङ्की, स्युच्टार, एलआरआइ स्कुल, खड्कागाउँ, नयाँ नैकाप, पुरानो नैकाप, तीनथाना, सतुङ्गल (थोरै भाग), बलम्बु (थोरै भाग), दहचोक, भीमढुङ्गा, रामकोट, डाडापौवा, हसन्टारलगायत प्रमुख स्थान पर्छन् ।

प्रतिनिधिसभा निर्वाचन काठमाडौँ क्षेत्र नं ९ मा ७२ हजार एक सय ७३ मतदाताले मतदान गर्न ८५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ भने ३४ मतदानस्थल तोकिएको छ । कुल मतदातामध्ये ३५ हजार ५८ पुरुष र ३७ हजार एक सय १४ महिला छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।