निर्वाचन प्रचारप्रसार अब पाँच दिन बाँकी

काठमाडौँ, २७ कात्तिक । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब पाँच दिनमात्रै बाँकी रहेको छ ।

निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्थाअन्तर्गत यही कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारका लागि निर्धारण गरिएको छ ।

मङ्सिर १ गते रातिदेखि प्रचारप्रसार निषेधको शान्त (मौन) अवधि भएकाले उक्त अवधिमा प्रचारप्रसार स्थिर हुने कानुनी व्यवस्था रहेको छ । आयोगले आचारसंहिताको परिपालना भइरहेको र उल्लङ्घनका घटनामा कारवाहीको क्रम जारी रहेको जनाएको छ । (रासस)

सुक्खा बन्दरगाहदेखि सिँचाइसम्म चुनावी नारा
–शेरबहादुर सिंह÷महादेव अवस्थी
महेन्द्रनगर÷दोधारा चाँदनी, २७ कात्तिक (रासस) ः कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा सत्ता–गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बाट उम्मेदवार ले प्रस्तावित दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको विषय चुनावी ‘एजेण्डा’ बनाइरहेका छन् ।

विसं २०७४ को निर्वाचनमा समेत चुनावी ‘एजेण्डा’ बनेको दोधारा चाँदनी सुख्खाबन्दरगाह निर्माणको विषय दलीय प्राथमिकतामा परे पनि काम भने सोचेअनुसार अघि बढेन । चालू आर्थिक वर्षमा सरकारले सुक्खा बन्दरगाह निर्माणको प्रक्रियागत सुरुआतका लागि रु एक अर्ब बजेट विनियोजन गरेर बन्दरगाह निर्माणको प्रक्रिया अघि बढे पनि प्रस्ताव भने २०६४ सालमा भएको थियो ।

बितेको चार वर्षमा सुक्खा बन्दरगाह निर्माणस्थल परिर्वतनबाहेक देख्नेगरी कुनै काम नभएको दोधारा चाँदनीका स्थानीयको भनाइ छ । लामो समय दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा बनाउन प्रस्ताव गरिए पनि त्यहाँ स्थानीयको बिरोधका कारण दोधारा चाँदनीकै मायापुरी र गौरीशङ्कर सामुदायिक वनमा निर्माणको प्रस्ताव गरिएको छ ।

नेपाली कांग्रेसका नेता एंव सत्ता–गठबन्धन तर्फबाट क्षेत्र नं ३ का प्रतिनिधिसभा उम्मेदवार रमेश लेखकले सुक्खा बन्दरगाह निर्माणसँगै यहाँ त्रिदेशीय नाका निर्वाचनको प्रमुख एजेण्डा नै बनाउनु भएको छ । “महाकाली पुलमा पक्की पुल बनेसँगै पारी दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बनाएर करिडोर जोडेर नेपाल–भारत र चीनको त्रिदेशीय नाका पाँच वर्षभित्र बनाउने गरी काम अघि बढ्नेछ”, उम्मेदवार लेखकले भन्नुभयो, “कञ्चनपुरलाई ठूलो आर्थिक नाका बनाउने गरी काम गर्ने विषय मेरो प्राथमिकतामा छ ।”

उहाँले महाकाली सन्धिअनुसार शारदा नहरबाट दोधारा चाँदनीलाई सिँचाइका लागि ल्याउनुपर्ने ३५० क्युसेक पानीसमेत ल्याउने प्रमुख ‘एजेण्डा’ बनाउनु भएको छ । सिँचाइका लागि पानी ल्याउन विषय विसं २०७४ को निर्वाचन जितेका एमाले नेता डा दीपकप्रकाश भट्टले पनि त्यतिबेलादेखिनै प्राथमिकताका साथ उठान गरे पनि भारत तयार नहुदा नेपालले पाउनु पर्ने पानी आउन सकेको छैन ।
महाकाली नदीमा चार लेनको पक्की पुल र पहुँचमार्गको निर्माण अन्तिम चरणमा छ । उक्त पुल नेता लेखकको पहलमा बनेको भन्दै कांग्रेस नेताहरु चुनावी ‘एजेण्डा’ बनाएका छन् ।

नेकपा एमालेबाट कञ्चनपुर क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार निरुदेवी पालले पनि कञ्चनपुरलाई त्रिदेशीय नाकाका रुपमा विकास गरिने आफ्नो प्रमुख ‘एजेण्डा’ रहेकोे बताउनुभयो ।

“महाकाली करिडोर निर्माणका लागि हाम्रो सरकारको पालमा रु ९८ करोड बजेट आएको छ त्यसको काम अहिले ठप्प छ”, उहाँले भन्नुभयो, “कञ्चनपुरलाई त्रिदेशीय नाकाका रुपमा विकसित गर्न ‘करिडोर’ र सुक्खा बन्दरगाह निर्माणको काम गर्ने मेरो प्रमुख एजेण्डा छन् ।”

सुक्खा बन्दरगाह निर्माण र महाकाली करिडोर निर्माणको काम अगाडि बढाउने उहाँले बताउनुभयो । “दोधारा चाँदनीमा अझै पनि गरिबीको समस्या छ, स्वदेशमै रोजगारी सिर्जना हुने काम गर्छु”, उहाँले भन्नुभयो, “समाजमा शान्ति स्थापना पनि दोधारा चाँदनीलाई नमूना सहर बनाउन पहल गर्छौं ।”

त्यसैगरी गत निर्वाचनमा मझगाउँ विमानस्थल निर्माणलाई पनि दलहरुले चुनावी ‘एजेण्डा’ बनाएका थिए । तर विनास्थल निर्माण अहिले जग्गाप्राप्तिको विषयले अलमलमा परेको छ ।

महाकाली प्रादेशिक अस्पताललाई शिक्षण अस्पताल बनाउने चुनावी नारा बनाएका दलहरुले भाषण गरेअनुसार भने काम अस्पतालमा पनि भएको छैन । तर चिकित्सकको वृद्धि र अस्पतालका सुधारका काम भने यो बीचमा धेरै भएका छन् ।

त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा पर्ने बेदकोट नगरपालिकाको दैजी छेला औद्योगिक क्षेत्रको निर्माणको विषय पनि चुनावी ‘एजेण्डा’ बन्न थालेको लामो समय भइसक्यो । चालू आर्थिक वर्षमा उक्त आयोजना अघि बढाउन सरकारले रु एक अर्ब बजेट विनियोजन गरेको भए पनि आयोजनाको शिलान्यास भने डेढ वर्षअघि नै भइसकेको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको औद्योगिक क्षेत्रको काम कछुवा गतिमा छ । त्यहाँ सामुदायिक वनमा राखिको शिलान्यासको शिलालेख नै अलपत्र पर्ने अवस्थामा छ । अढाइ दशकअघि औद्योगिक क्षेत्रको घोषणा गरिएको भए पनि अहिले प्रस्तावित क्षेत्रमा रुख कटानका लागि नम्बरिङ गर्ने कार्यबाहेक केही काम भएको छैन ।

यहाँको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको काम चलिरहेको भए पनि उक्त विषयमा पहल गर्ने विषयमा पनि दलबीच चुनावी मुद्दा बनेको छ । एमालेका उम्मेदवारहरु बितेको पाँच वर्षको अवधिमै सरकारले सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा स्तरोन्नति गरेपछि कामले गति लिएको बताइरहेका छन् ।

त्यसैगरी विगतमा चुनावी ‘एजेण्डा’ बन्दै आएको डोकेबजार–दैजी हुलाकी सडकको काम अझै पूरा भएको छैन । ६२ किलोमिटर लम्बाइ रहेको उक्त सडक निर्माण चार वर्ष बितिसक्दा पूरा हुन सकेको छैन । त्यसैगरी निर्वाचन क्षेत्र नं १ मा बेलौरीलाई भन्सार नाकाका रुपमा विकास गर्ने विषय पनि चुनावी ‘एजेण्डा’ मात्रै बन्ने गरेको स्थानीयको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।