इंग्ल्यान्डले जित्यो टी२० विश्वकपको उपाधि

काठमाडौं, २७ कार्तिक । अष्ट्रेलियमा भर्खरै सम्पन्न टी २० विश्वकपको उपाधि इंग्ल्यान्डले जितेको छ । मेलबर्न क्रिकेट मैदानमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्यान्डले उपाधि जितेको हो ।

फाइनलमा इंग्ल्यान्डले कसिलो बलिङ गरेपछि पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३६ रन बनाएपछि इंग्ल्यान्डले १३७ रनको लक्ष्य पाएको थियो ।

८० हजार ४६२ दर्शकमाझ भएको फाइनल खेलको जवाफमा औषत सुरुआत गरेको इंग्ल्यान्डले एक ओभर बाँकी रहँदै पाँच विकेट गुमाएर निर्धारित लक्ष्य पूरा गरेको हो ।

कर्णालीलाई सुगम बनाउनु छ : एमाले अध्यक्ष ओली
मान्म, २७ कात्तिक (रासस) :नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कर्णालीको विकटता सुगमतामा बनाउनु पर्ने बताउनुभएको छ । एमालेले कालीकोटको रास्कोटमा आयोजना गरेको चुनावीसभालाई आइतबार सम्बोधन गर्दै उहाँले कर्णालीका धेरै ठाउँमा पुगेका सडकहरूलाई पक्की बनाई सुगम बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

“सडक त पुगेको छ, पक्की सडक बनाउनु छ, विकटता छ”, उहाँले भन्नुभयो, “यसलाई सुगम गर्न जरुरी छ । सुगम बनाउन सजिलो पनि छैन ।” अध्यक्ष ओलीले कर्णालीका विकासको खाका एमाले पार्टीले कोरेको बताउनुभयो ।

“हामीले देश विकासका लागि सुरुङ बनाउन, स्वास्थ्य क्षेत्रमा विकास, पूर्वाधार क्षेत्रमा विकासको सुरुआत गरेका छौँ”, उहाँले भन्नुभयो, “यी डाँडाकाँडाहरूमा सधैँ रोजगारी पाउने र आम्दानीको स्रोत बढाउने गरी विकास गर्न आवश्यक छ ।”

अब केही दिनपछि चुनाव आउँदैछ भन्दै अध्यक्ष ओलीले निर्वाचनले यो देश कता जाने भन्नेबारे फैसला गर्ने बताउनुभयो । “यो देशको राष्ट्रियता, स्वतन्त्रता, स्वाभिमान माथि उठाउने र स्वाधीन बनाउने मौका आएको छ”, उहाँले भन्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।