‘गाई मा’रेर बाघलाई खुवाउनेहरु ह’त्यारा हुन्’–सहिद परिवार

नारायण कुमार राई,धनकुटा । गठबन्धनमा लागेका धनकुटाका बामपन्थीहरुलाई छिन्ताङ्गका शहिदहरुका आफन्तहरुले ह’त्याराको आरोप लगाएका छन् ।

२०३६ सालमा तात्कालिन पञ्चायती शासकहरुद्वारा ह’त्या गरिएका खाल्सा क्षेत्रका सहिदहरुको सम्झनामा नेकपा एमाले सहिदभूमी गाउँ कमिटीले मंगलबार आयोजना गरेको कार्यक्रममा उनीहरुले यस्तो आरोप लगाएका हुन् ।

हरेक बर्ष झैं मगलबार पनि जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरुले सहिदहरुको सम्झनामा पन्चकन्याको सहिद पार्कमा कार्यक्रम गरेर उनीहरुको परिवारलाई सम्मान गरेको छ ।

सम्मान कार्यक्रम पछि सहिद परिवारका तर्फबाट सहिद हाङ्खिमा राईकी छोरा भलकमान राईले गठबन्धनमा जोडिएका धनकुटाका बामपन्थीहरु प्रति आक्रोश पोखेका थिए ।

राईले प्रतिनीधि सभाका उमेद्वार सुनिल बहादुर थापालाई प्रश्न गर्दै भने–‘३६ सालमा मतदाता मारेर अहिले उनैकै परिवारलाई भोट माग्ने ?’
थापाका बुवा स्व.सूर्यबहादुर थापाले अधिकारको माग गर्दा आँखिसल्ला,खोकू र छिन्ताङ्गका जनताको ह’त्या गरेकाले उनैको छोरा सुनिलबहादुर थापालाई धनकुटेली जनता संग भोट माग्ने कुनै अधिकार नभएको उनको भनाई थियो ।

थापा संगै गठबन्धनमा रहेका माओवादी र नेकपा(एकिकृत समाजवादी) लाई लक्षित गर्दै राईले भने–‘गाई काटेर बाघलाई खुवाउनेहरु पनि हत्यारा हुन् ।’ छिन्ताङ्ग क्षेत्रका जनता मार्ने थापाका छोरालाई सहयोग गर्ने धनकुटाका बामपन्थीहरु सबै हत्यारा रहेको राईको तर्क थियो ।

कार्यक्रममा एमालेका तर्फबाट संघिय सासदका उमेद्वार राजेन्द्र कुमार राई,प्रदेश ‘क’ का उमेद्वार निरन राई र एमालेकी केन्द्रिय सदस्य सकुन्तला बस्नेतले सहिदहरुको शालिकमा माल्यार्पण र सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

एमाले सहिदभूमी गाउँपालिका उपाध्यक्ष मातृका राईको अध्यक्षतामा सम्पन्न भएको उक्त स्मृति सभामा पाटिका केन्द्रिय सल्लाहाकार समिति सदस्य गोपाल गुरागाई,प्रदेश कमिटी सदस्यहरु उज्ज्वल किराती र सिमा राई,जिल्ला उपसचिव सुष्मा किरातीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा समानुपातिक उमेद्वार तारा तितुङ्ग,जिल्ला प्रचार बिभाग प्रमुख सावित्रा राई लगाएत सहिदभूमी गाउँपालिकाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहिदभूमी गाउँपालिकाका अध्यक्ष मनोज राई, धनकुटा नगरपालिकाका उपमेयर भीमादेवी खनाल अतिथीका रुपमा उपस्थिति रहेको थिए ।

छिन्ताङ्गका सहिदहरुको सम्झनामा हरेक बर्ष नेकपा माओवादी र नेकपा एमालले पन्चकन्या पार्कमा छुट्टाछुट्टै कार्यक्रम गर्दै आएको छ । २०३६ सालका भोकमरी बिरुद्ध किसानहरुले गरेको आन्दोलनमा तात्कालिन पन्चायती ब्यबस्थामा स्व.सूर्यबहादुर थापा प्रधानमन्त्री भएको बेला खोकू आखिसल्ला र छिन्ताङ्गका १६ जनाको बिभत्स हत्या गरिएको थियो ।

सो समयमा गोपालआनन्द राई, गंगाबहादुर तुप्रिहा, भैरवबहादुर खालिङ, बलबहादुर खत्री, पुत्रमान राई, केशरबहादुर राई, लाखमान साधु राई, टंकबहादुर विश्वकर्मा, रणध्वज पुमा राई, गणेशबहादुर विश्वकर्मा, हाङखिमा साइँली (श्रीमाया राई), झगेन्द्र राई, धनवीर दर्जी, चन्द्रबहादुर दमाई, रामकुमारी राई र गम्भीरमान दर्जीको हत्या भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।