धनकुटामा एमालेका राई कांग्रेसका थापा भन्दा ९ सय २४ मतान्तरले अगाडि
धनकुटा । धनकुटाको प्रतिनिधि सभा तर्फको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका राजेन्द्र कुमार राईले १८ हजार ३ सय ७१ मत प्राप्त गरेका छन् भने वहांका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुनिल बहादुर थापाले १७ हजार ४ सय ४७ मत प्राप्त गरेका छन् ।
त्यसैगरि स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले ४ हजार ३ सय ६१ मत प्राप्त गरेका छन् ।
मत गणना जारी छ ।
यो पनि…
झापा २ (१) मा कार्की र ३ (१) मा राजवंशी निर्वाचित
बनियानी, ७ मङ्सिर (रासस) ःप्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत झापा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणामअनुसार झापा २ को प्रदेश १ मा नेकपा ९एमाले०का एकराज कार्कीले १८ हजार सात सय ३१ मत प्राप्त गरी विजय हुनुभएको क्षेत्र नं २ का निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिनुभयो ।
विजयी कार्कीका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका पुष्पराज पोखरेलले छ हजार एक सय एक मत प्राप्त गर्नुभएको छ । कार्की र पोखरेलको मतान्तर १२ हजार ६ सय ५१ मत रहेको छ ।
झापा क्षेत्र नं। २ को प्रदेशसभा १ मा ३८ हजार पाँच सय ४८ मत खसेको थियो । जसमा ती हजार तीन सय ३० मत बदर भएको निर्वाचन अधिकृत पन्तले जानकारी दिनुभयो । कार्कीले जीतसँगै दोस्रो पटकको प्रदेशसभाको यात्रा तय गर्नुभएको छ । उहाँ २०७४ सालको संसदीय निर्वाचनमा समेत झापा २ को प्रदेशसभा १ बाट विजयी हुनुभएको थियो ।
यस्तै झापा क्षेत्र नं ३ को प्रदेशसभा १ मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी विजयी हुनुभएको छ । राजवंशीले २० हजार सात सय ७० मत प्राप्त गरि विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का वसन्त बानियाँले १९ हजार सात सय एक मत प्राप्त गर्नुभएको छ । झापा क्षेत्र नं। ३ को प्रदेशसभा १ मा ४५ हजार दुई सय ९५ मत खसेको थियो ।


