धनकुटा प्रदेश सभा क्षेत्र नं २ मा एमालेका इन्द्रमणि पराजुली विजयी
धनकुटा । धनकुटाको प्रदेश सभा क्षेत्र नं २ तर्फ नेकपा(एमाले) का इन्द्रमणि पराजुली विजयी भएका छन् ।
पराजुली १५ हजार ७ सय ९७ मत ल्याउंदै विजयी भएका हुन् भने वहांका निकटतम प्रतिद्वन्दी नेकपा(एमाओवादी) का कुसुम कुमारी श्रेष्ठले ११ हजार २ सय ३० मत प्राप्त गरेका छन् ।
त्यसैगरि राष्ट्रिय प्रजातन्त्र पार्टीका श्याम बहादुर गुरुंगले १ हजा ७ सय १५,स्वतन्त्र उम्मेदवार वालनन्द दाहालले ६ सय ८६,जनता समाजवादी पार्टीका डम्बर बहादुर कटुवालले ७ सय ७४,स्वतन्त्र जितेन्द्र राईले २ सय २१ र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सोम बहादुर घिसिंग तामांगले २ सय ८८ मत प्राप्त गरेका छन्
यो पनि…
पाँचथर प्रदेशसभा ‘२’ मा माओवादीका आङ्बो निर्वाचित
मिक्लाजुङ, ८ मङ्सिर (रासस) ःपाँचथरको प्रदेशसभा निर्वाचन क्षेत्र ‘२’ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार इन्द्रबहादुर आङ्बो विजयी हुनुभएको छ ।
प्रतिस्पर्धी नेकपा (एमाले)का अइन्द्रसुन्दर नेम्वाङलाई तीन हजार ६७ मत अन्तरले पराजित गर्दैे उहाँ दोस्रो पटक विजयी हुनुभएको हो । पैतीस हजार सात सय १५ मत खसेको यस निर्वाचन क्षेत्रबाट आङबोलाई १५ हजार छ सय ७२ मत र उहाँका प्रतिस्पर्धी एमालेका नेम्वाङले १२ हजार छ सय पाँच मत पाएका छन् ।
जिल्लाको फिदिम नगरपालिका–११ घर भएका ४० वर्षीय आङ्बो २०७४ सालको निर्वाचनमा तत्कालीन वाम गठबन्धनका तर्फबाट यही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य रहेका आङ्बो १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री पनि हुनुहुन्छ ।
उहाँ यस पटक माओवादी केन्द्र, कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी केन्द्र)का तर्फबाट साझा उम्मेदवार हुनुहन्थ्यो । उपविजेता एमालेका नेम्वाङ एमालेका केन्द्रीय सदस्य पनि हुनुहुन्छ । उहाँ २०७० सालमा तत्कालीन नेकपा (माले)का तर्फबाट संविधानसभा सदस्यमा पनि निर्वाचित हुनुभएको थियो ।


