धरान घटनाको सत्य तथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न माग गर्दै धनकुटा प्रशासनबाट गृह मन्त्रालयमा पठाइयो ज्ञापन पत्र

धनकुटा,१६ मंसिर । धनकुटाको सहिदभूमि गाउँपालिका घर भई धरान १३ मा बस्दै आएकी एकल महिला उषा राईको जागरन आमा समुहको नि’र्घात कु’टपिटबाट भएको ह’त्याको दोषी लाई कारबाहिको माग गर्दै मानव अधिकारका लागि महिला एकल महिला समुह प्रदेश न १ कार्य समितीले जिल्ला प्रशासन कार्यालय धनकुटा मार्फत गृह मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ ।

समुहका अध्यक्ष मिनाकुमारी राई र सचिव शोभा दाहालद्धरा हस्ताक्षरीत ज्ञापन पत्रमा भनिएको छ मानव अधिकारको हिसावले यो प्रवृति दानविय भएको भन्दै घटनाको सत्य तथ्य पत्तालगाई दोषीलाई कारबाहीको माग गरिएको छ ।

हाल सम्म दोषीहरु पक्राउ नपरेको भन्दै पक्राउ गरि पिडित परिवारलाई न्यान दिन समेत माग गरिएको छ । कु’टपिटबाट घाइते भएकी राईको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृ’त्यु भएको थियो ।


तस्बिरहरु -मिना राईको फेसबुक बाट

यो पनि …
गर्भवतीलाई सुत्केरी भत्ता
धनकुटा, १६ मङ्सिर (रासस) ःआमा र शिशुको स्वास्थ्य सुरक्षाका लागि छथर जोरपाटी गाउँपालिकाले उपाध्यक्षसँग गर्भवती पोषण तथा शिशु स्याहार कार्यक्रम सुरुआत गरेको छ ।

यसअघि सञ्चालित उपाध्यक्षसँग सुत्केरी स्याहार कार्यक्रमलाई परिमार्जन गरेर पुनः यो कार्यक्रम ल्याइएको हो । सुत्केरीलाई पोषणयुक्त खानेकुरा दिइँदै आइएकामा यस पटकदेखि नगद नै दिइने भएको हो ।

गर्भवतीले आठ पटक स्वास्थ्य संस्थामा गर्भ जाँच गराएपछि पहिलो किस्ता तीन हजार र दोस्रो किस्ता छ हजार गरी जम्मा नौ हजार पाउनेछन् । पालिकामा स्थायी बसोबास रहेका दोस्रो सन्तानसम्मका लागि यो सेवा दिइने पालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डङ्गोलले जानकारी दिनुभयो ।

कार्यक्रमका लागि पालिकाले यस आवमा २२ लाख बजेट विनियोजन गरेको छ । पालिकाले चालु आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम समावेश गरी कार्यक्रमको सुरु गरेको पालिकाकी प्रमुख गीता गुरुङ (खेवा) ले जानकारी दिनुभयो ।

यस रकमले आर्थिक अवस्था कमजोर भएका महिलालाई आफ्नो र शिशुको स्वास्थ्य सुधार गर्न महत्वपूर्ण सहयोग पुग्ने पालिकाकाले जनाएको छ । कार्यविधि तयार गरेर गत साउनदेखि कार्यक्रम कार्यान्वयन गरिएको अध्यक्ष सुब्बाले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖