धनकुटामा यसरी मनाइयो उधौली चाड(फोटो फिचर)

धनकुटा । किराँती समुदायले विहिबार विशेष चाड उधौली (साकेला) भव्यताका साथ मनाएका छन् ।

प्रकृति पूजक किराँती समुदायले नयाँ वाली भित्र्याईएको खुशियाली र चरा चुरुङ्गी लेकबाट बेँसी तर्फ झर्ने संकेतको रुपमा मनाउने यो चाडको अवसरमा पूर्णीमाको दिन आईतवार धनकुटाको राईकुवा टोल स्थितको साकेला थानमा विधिपूर्वक उधौली पूजा आराधना गरेका छन् ।

पूजाआराधनापछि टुडिखेलमा आएर किराँती कलाकारहरुबाट साकेला पापानी नाच नाचेर यो पर्व मनाईएको हो । किरात राई यायोक्खा धनकुटाको आयोजनामा सञ्चालित कार्यक्रममा किराती समुदायका कलाकार तथा समुदायको उल्लेख्य सहभागिता थियो ।

यो पर्व किराँती समुदायका सुनुवार,राई ,लिम्बु, याख्खाहरुको बसोबास रहेको क्षेत्रमा मनाउने गरिन्छ । यो पर्वमा किराँती समुदायले आफ्नो पितृलाई स्मरण गरि खेतबारीमा पाकेको अन्नबाली ईस्ट देवतालाई चढाउदै खानका लागि अनुमती माग्ने गर्दछन् ।

सुनुवारले फुलस्यादर,राईले उधौली (साकेला),याख्खाले चासुवा र लिम्बुहरुले चासोक तङ्नामको नामले मनाउने गर्दछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।