दोस्रो नेपाल मिडिया अवार्ड हुने, आफ्ना समाचार पठाउन आह्वान

काठमाडौं, २५ मंसिर । सञ्चारकर्मीहरुलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले ‘दोस्रो नेपाल मिडिया अवार्ड २०७९’ आयोजना हुने भएको छ । आगामी २४ माघमा चन्द्रागिरी हिल्स रिसोर्टमा ड्रिम हाइ नेपाल प्रालिले अवार्ड समारोह आयोजना गर्न लागेको हो । 

अवार्ड समारोहमा नेपाल सरकारका विशिष्ट व्यक्ति र दुई सयभन्दा बढी पत्रकारको उपस्थितामा अवार्ड समारोहको आयोजना गर्ने तयारी ड्रिम हाई नेपालको छ । सक्रिय रूपमा पत्रकारिता गरिरहेका १० हजार बढी पत्रकारलाई प्रोहत्सान गर्ने उद्देश्यका साथ दोस्रोपटक नेपाल मिडिया अवार्ड आयोजना गर्न लागिको ड्रिम हाई नेपालका सञ्चालक कमल जिसीले जानकारी दिए ।

नेपाल मिडिया अवार्डमा सहभागी हुन चाहने पत्रकारले आफ्नो र कार्यरत मिडियाको परिचय खुल्ने गरी प्रसारण र प्रकाशन भएका सामग्री dreamhighnepal@gmail.com मा पठाउन आह्वान गरिएको छ ।

कुल २५ विधामा वितरण गरिने अवार्डमा भाग लिन चाहने पत्रकारहरुले आफ्नो स्टोरीसहित ड्रिम हाई नेपालमा सम्पर्क गर्न सञ्चालक जिसीले आग्रह गरे । २५ मध्ये यस वर्ष विभिन्न १० विधामा नगदसहित ट्रफी र प्रमाणपत्र र एकजना बरिष्ट पत्रकारलाई लाइफ टाइम एचिभमेन्ट अवार्डसमेत प्रदान गरिनेछ । अवार्डमा सहभागी बन्न चाहने पत्रकारहरुले २० पुसभित्र आफ्ना प्रकाशित तथा प्रसारित सामग्री इमेलमा पठाइसक्नुपर्नेछ ।

टेलिभिजन, छापा मिडिया, एफएम रेडियो र अनलाइन पत्रकारिताअन्तर्गत सञ्चार माध्यम र सञ्चारकर्मीहरुको पछिल्लो एक वर्षयताको प्रकाशन र प्रसारण भएका सामग्रीलाई सञ्चार विज्ञसहितको तीन सदस्यीय निर्णायक टिमले छनोट गर्नेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।