प्रधानमन्त्री देउवाद्वारा कांग्रेस नेता चित्रकारप्रति श्रद्धाञ्जलि

काठमाडौँ, २९ मङ्सिर (रासस) :प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेहबहादुर देउवाले पार्टीका नेता स्व कमल चित्रकारप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

नेपाल तरुण दलका पूर्वमहासचिव एवं काठमाडौँ नगरपञ्चायतका पूर्व प्रधानपञ्च चित्रकारको सोमबार निधन भएको थियो ।

स्व चित्रकारको शव श्रद्धाञ्जलिका लागि आज गौशालास्थित पशुपति आर्यघाटमा राखिएको थियो । प्रधानमन्त्री देउवाले उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै लोकतन्त्र स्थापनाको आन्दोलनमा स्व चित्रकारले पु¥याउनुभएको योगदान सदैव स्मरणीय रहने उल्लेख गर्नुभयो ।

स्व चित्रकारप्रति कांग्रेस नेता प्रकाशमान सिंह, अर्जजनरसिंह केसी, गृहमन्त्री बालकृष्ण खाँण, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहलगायतले श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित चित्रकारको वीरअस्पतालमा उपचारको क्रममा सोमबार बिहान ६ः३० बजे निधन भएको थियोे ।

स्व चित्रकारको श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । राजनीतिमा विद्यार्थीकालदेखि सक्रिय चित्रकारले राजनीतिक जीवनमा चार वर्ष जेल जीवन बिताउनुभएको थियो । विसं २०३८ मा सुधारिएको पञ्चायतले गरेको पहिलो चुनावमा काठमाडौँ महानगरको प्रधानपञ्च बन्नुभएका चित्रकारले प्रधानपञ्च भएका बेला रत्नपार्क भोटाहिटी जोड्ने ‘सव वे’ निर्माण गर्नुभएको थियो ।

काठमाडौँका रैथाने चित्रकारलाई भोटाहिटी चौबाटोमा हुने भीडभाडको अवस्थाका कारण जनताले भोग्नु परेको दुःख थाहा थियो । त्यसैले आफू निर्वाचित भएपछि बटुवाका लागि सहज हुने गरी सबैभन्दा पहिला रत्नपार्कबाट भोटाहिटी जान आकाशे पुल बनाएर काम गर्नुभएको थियो ।-

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖