हिमाल आरोही शेर्पालाई सम्मान तथा पुरस्कार

काठमाडौँ, ६ पुस (रासस) :संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ हिमाल दोहो¥याएर आरोहण गरेका विश्वको प्रथम आरोहीको रुपमा कीर्तिमान राख्न सफल सानु शेर्पालाई सम्मान गरेको छ ।

सङ्खुवासभा, मकालु गाउँपालिकाका शेर्पाको साहसिक आरोहणले नेपाललाई विश्वसामु चिनाएको भन्दै आज यहाँ आयोजित कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले सम्मान गर्नुभयो । उहाँलाई कदरस्वरुप मन्त्री श्रेष्ठले आफूले पाउने एक महिनाको पारिश्रमिक (रु सत्तरी हजार सात सय ३० ) सहित सम्मान गर्नुभएको हो ।
त्यस अवसरमा मन्त्री श्रेष्ठले शेर्पाको कार्य वर्तमान आरोही पुस्ताका लागि प्रेरणाको स्रोत भएको बताउनुभयो । साथै विश्वमा नेपालको पर्वतीय पर्यटन प्रबद्र्धनमासमेत सकारात्मक प्रभाव पर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

मन्त्रालयले ४३औँ विश्व पर्यटन दिवसको अवसरमा गत असोज ११ गते पनि आरोही शेर्पालाई सम्मान गरेको थियो ।

नेपाल पर्वातारोहण सङ्घका अध्यक्ष निमा नूरु शेर्पाले नेपाली आमसञ्चार माध्यमले पर्वतारोहणको विषयलाई कम प्राथमिकता दिने गरेको गुनासो गर्नुभयो । —

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖