धनकुटा महोत्सवको समुदघाटन प्रधानमन्त्री दाहालले गर्ने

धनकुटा,१९ पुष । धनकुटामा हुन गई रहेको प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवं धनकुटा महोत्सवको उत्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नु हुने भएको छ ।

धनकुटामा माघ ६ गते देखी माघ १६ गते सम्म संचालन हुने महोत्सवको उत्घाटन प्रधानमन्त्री बाट हुने भएको आयोजक धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिनु भयो ।

महोत्सव उत्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल लाई धनकुटाको सर्वपक्षिय टोलीले प्रधानमन्त्री कार्यालय सिहदरवारमा भेटेर निमन्त्रणा गरिएको अध्यक्ष राईको भनाई छ ।

सो अवसरमा प्रधान मन्त्री प्रचण्डले धनकुटाको निम्तोलाई स्विकार गर्दै प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवं पाचौ धनकुटा महोत्सवको समुदघाटन गर्न धनकुटा आउने वताउनु भएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।

यो पनि…
कुटानी– पिसानी गर्न घट्टकै भर
मान्म, २० पुस (रासस)ःकालीकोट नरहरिनाथ गाउँपालिकाका बासिन्दा कुटानी–पिसानीका लागि घट्टको प्रयोग गर्ने गरेका छन् । रहगाड खोलामा परम्परागत पानी घट्ट रहेका छन् । विद्युत्को सुविधा नभएको गाउँपालिकामा कुटानी–पिसानीका लागि आधुनिक मिल अहिलेसम्म छैन ।

नरहरिनाथ–८ खुलालुदेखि वडा नं ९ लालु, ५ को रुप्सा र ७ को उच्छवसम्म पानी घट्ट छन् । नरहरिनाथ –९ लालुमा स्थित श्री जनप्रभात माविका सहायक प्रधानाध्यापक मीनबहादुर रावलले भन्नुभयो, “खुलालुदेखि लालु, माल्कोट र रुप्सासम्म रहेको रहगाड खोलामा पराम्परागत पानी घट्ट रहेका छन् ।”

आधुनिक मिल नहुँदा गहुँ, कोदो, मकै पीठो बनाउनका लागि पराम्परागत पानी घट्टको प्रयोग हुँदै आएका कारणले एउटै खोलामा धेरै पानी घट्ट भएको नरहरिनाथ–१ कोटबाडाका स्थानीय कटबहादुर विष्टले बताउनुभयो । “नरहरिनाथ गाउँपालिकामा पाँचवटा गाउँ रहेका छन् । लालु, माल्कोट, रुप्सा, कोटवाडा र कुमालगाउँ यहाँका सबैले कुटानी–पिसानीका लागि घट्टको प्रयोग गर्ने गरेका छन् ।” उहाँले भन्नुभयो, “त्यसैले रहगाड खोलामा धेरै पानी घट्ट रहेका हुन् ।”

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार जनगणनाअनुसार नरहरिनाथ गाउँपालिकामा पारिवारिक घरधुरीको सङ्ख्या चार हजार चार सय २२ रहेको र जनसङ्ख्या २२ हजार चार सय १४ जना रहेकामा सबैले पानी घट्टमा नै कुटानी–पिसानी गर्ने गरेको गाउँपालिकाका उपाध्यक्ष कमलकुमार शाहले जानकारी दिनुभयो । “गाउँपालिकाभरि कुटानी– पिसानीका लागि आधुनिक मिल छैन ।” उहाँले भन्नुभयो, “गाउँपालिकाका सबै जनाले पानी घट्टमा नै कुटानी–पिसानी गरेको पीठो खानुहुन्छ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖