जनताको गरिवी घटाउने गरी काम गर्ने : मन्त्री राई

धनकुटा । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री राजेन्द्र राईले जनताको गरिवी घटाउने गरी काम गर्ने बताउनुभएको छ ।

सोनाम ल्होछारको अवसरमा धनकुटाको पाख्रीवास नगरपालिका–९ उत्तरपानी स्थित ङायूर थर्पोलिङ्ग गुम्वा व्यवस्थापन समितिको आयोजनामा भएको शुभकामना आदानप्रदान कार्यक्रमलाई संवोधन गर्दै उहाँले गरिवी घटाउँने गरी काम गर्ने बताउनु भएको हो ।

सरकारले गरिवी घटाउँने उद्धेश्यका साथ काम गरिरहेको भन्दै उहाँले त्यसका लागि श्रम गर्ने र उत्पादन मूलक काममा लाग्नेलाई प्रोत्साहन गरिने बताउनुभयो । काम नगरेमा आर्थिक रुपान्तरण हुन नसक्ने भन्दै उहाँले उत्पादनमूलक काममा लाग्न सबैलाई आग्रह समेत गर्नुभयो ।

काम नगरी आर्थिक र सामाजिक रुपान्तरण नहुने भन्दै उहाँले सरकारले पनि श्रम गर्ने र उत्पादनमूलक काम गर्नेलाई प्रोत्साहन गर्ने वताउनुभयो । सबै काममा लाग्न सुझाव दिदै उहाँ उत्पादनमूलक काम गरि आफु पनि समृद्ध बन्दै मुलुकलाई पनि समृद्धीको दिसातर्फ अघि बढाउन आग्रह गर्नुभयो । उहाँले मुलुकको परिवर्तनका लागि शैक्षिक, आर्थिक र सामाजिक रुपान्तरणको खाँचो रहेको उल्लेख गर्नुभयो ।

धनकुटामा गरिबी क्रमिक रुपमा घट्दै गएको प्रति खुशी व्यक्त गर्दै उहाँले अझै गरिबी घटाउँने गरी काममा लाग्न जिल्लाबासीलाई आग्रह पनि गर्नुभयो । फरक प्रशंगमा मन्त्री राईले मुलुकको अर्थतन्त्र मजवुत बनाउँन सहकारीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

सबै मिलेर सामुहिक लगानी, सामुहिक उत्पादन र सामुहिक वितरण गरिने हुँदा सहकारी क्षेत्रले समाजको विकासमा निकै टेवा पुर्याएको उहाँले बताउनुभयो । सहकारी क्षेत्रमा केही समस्याहरु पनि देखिएको भन्दै उहाँले त्यस्ता समस्यालाई पहिचान गरेर समाधान गरिने बताउनुभयो ।

त्यस्तै सोही अवसरमा धनकुटा १ हिलेमा नेपाल तामाङ घेदङ जिल्ला समन्वय समितिको आयोजनामा शुभकामना आदान प्रदान तथा विविध साँस्कृती कार्यक्रम सञ्चालन गरिएको छ । घेदुङका कार्यवाहक अध्यक्ष गंगाराम गोम्देनको अध्यक्षतामा सञ्तालित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री राईले शूभकामना मन्तव्य राख्दै संस्कार संस्कृती संरक्षण र प्रवद्र्धनमा सबैले जोड दिन आवश्क रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा घेदुङका केन्द्रिय सदस्य विष्णु मोक्तान,सांसद निरन राई, ईन्द्रमणी पराजुली,जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ,शहिदभुमी गाउँपालिका अध्यक्ष मनोज राई,उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ तारा,प्रदेश फोनिज अध्यक्ष सन्तवीर लामा, पाख्रीवास नगरपालिका उप-प्रमुख नम्रता देउजा,वडा नं ३ का वडाध्यक्ष सरोज राई,९ नं वडाध्क्ष सम्झना आले, धनकुटा नगरपालिका १ का वडाध्यक्ष ओङदा थिङ र शहिदभुमी गाउँपालिका ६ का वडाध्यक्ष हेमकुमार राई लगायतको उपस्थिती थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।