आ’त्मदा’ह गरेका प्रेमप्रसाद आचार्यको सम्झनामा खोटाङमा र्‍याली

खोटाङ, १५ माघ । स‌ंघीय  संसद भवन नजिकै आ’त्मदा’हको प्रयासका क्रममा ज्यान गुमाएका इलामका प्रेमप्रसाद आचार्य र आ’त्मह’त्या गरेका सप्तरीका रामदेव मरिकको सम्झना र सम्मानमा खोटाङमा शान्तिपूर्ण र्‍याली निकालिएकाे छ । वर्तमान राज्यको गलत व्यवस्थाको कारण आचार्य र मरिकलाई आ’त्मह’त्या गर्न बाध्य पारिएको भन्दै स्वतन्त्र खोटाङ्गे प्रगतिशील एवं उद्यमी युवाहरूले आइतबार दिक्तेलबजारमा शान्तिपूर्ण र्‍याली निकालेकाे हो । 

 दिक्तेलको किरातचोक रत्नपार्कदेखि त्रिवेणीचोक हुँदै भवनगैरासम्म र्‍याली निकालिएकाे थियाे । देशलाई बस्न लायक, आत्मनिर्भर र उत्पालनशील बनाउँदै ‘स्वदेशमै केही गर्छु’ भन्ने युवाका लागि अनुकुल वातावरण निर्माणको माग गर्दै र्‍याली निकालिएकाे र्‍यालीकाे नेतृत्व गरेका पारस बिराटले बताए ।

‘नेपाली समाजमा प्रेमप्रसाद र रामदेवजस्ता कैयौं पात्रहरु छन् भन्ने हेक्का राज्यलाई छ कि छैन ? एउटा युवा देशको विधायीका निर्माण गर्ने ठाउँमा नागरिक ज’ल्दैगर्दा यो व्यवस्थालाई किन पोल्दैन ? स्वरोजगार, स्वावलम्बी र आर्थिक विकासमा सरकारले पहल गर्नु पर्दैन ?,’ उनले भने, ‘समग्र युवालाई रोजगारीको सुनिश्चितता होस् । युवापंक्तिको पलायन मानसिकता अन्त्या गरी सरकारले आफ्नो कार्यसम्पादन गरोस् भन्ने अपेक्षा छ ।’ 

स्वतन्त्र खोटाङ्गे प्रगतिशील एवं उद्यमी युवाको शान्तिपूर्ण प्रदर्शन जिल्ला समन्वय समितिको प्रांगणमा पुगेर कोणसभा गर्दै टुंग्याइएको थियो । कोणसभाका क्रममा आचार्य र मरिकको स्मृतिमा श्रद्धाञ्जली अर्पण गर्दै मौनधारण गरिएको थियो । 

 यसैबीच, प्रेमप्रसाद आचार्यको २५ बुँदे माग कार्यान्वयनको माग गर्दै स्वतन्त्र खोटाङ्गे प्रगतिशील एव‌ उद्यमी युवाले सरकारलाई ज्ञापन–पत्र पठाएका छन् । शान्तिपूर्ण प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसमक्ष ज्ञापनपत्र पठाउँदै उनीहरुले देशलाई बस्नलायक बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।