खोटाङका बरुण घले थाइल्याण्डमा म्याक्स मुआथाई फाइटमा भिड्दै

काठ्माडौं, २८ माघ । थाइल्याण्डका मुआथाई फाइटरलाई हराउँदै नेपालकै पहिलो खेलाडीको इतिहार रचेका बरुण घले गुरुङ थाइल्याण्डमा आइतबार हुने म्याक्स मुआथाई फाइटमा भिड्दैछन् । नेपालबाट थाईल्याण्ड पुगेर व्यवसायीक रुपमा मुआथाई खेल्न सुरु गरेका बरुणले म्याक्स मुआथाई स्टेडियममा म्याक्स मुआथाई फाइटमा भिड्न लागेका हुन् । 

मुआथाईमा संघर्ष गर्नेक्रममा नेपालबाट थाइल्याण्ड पुगेका बरुणले ५५ केजी तौल समुहमा थाइल्याण्डकै फाइटरसँग प्रोफेसनल मनी फाइटमा प्रतिष्पर्धा गर्ने तयारी गरेका छन् । इरावान मुआथाई फाइट टिमबाट प्रतिष्पर्धामा प्रतिष्पर्धा गर्न लागेको बरुणले बताए । प्रतियोगीता म्याक्स मुआथाई स्टेडियमबाट लाइभ हेर्न सकिने छ । गत माघ ६ गते थाइल्याण्डको राजादम्नर्न स्टेडियममा भएको प्रतियोगीतामा बरुणले ५७ केजी तौल समुहमा मुआथाई प्रतियोगीतामा विजयी हुने पहिलो नेपाली फाइटरको इतिहास बनाएका थिए । 

खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका गुरुङले मुआथाईका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । गुरुङले नेपालका विभिन्न प्रतियोगीतामा आफ्ना प्रतिष्पर्धीलाई छोटो समयमा नकआउट गरेको इतिहास बनाइसकेका छन् । 

थाइल्याण्डको यु द्धमा थाइ आर्मीबाट सुरु भएको र प्रयोग गरिएको मुआथाई थाइल्याण्डको राष्ट्रिय खेल हो । हात खुट्टा भाँचिने र अनुहार बिग्रिने भएकाले यस खेललाई जोखिमपूर्ण मानिन्छ । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।