बैसाखमा सर्वाधिक राशीको ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ हुने

न्युज कारखाना 

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा सर्वाधिक राशीको ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ हुने भएको छ । जन्तेढुंगा गाउँपालिका र जन्तेढुंगा खेलकुद विकास समितिको संयुक्त आयोजनामा आगामी वैशाख २ गतेदेखी वैशाख ९ गतेसम्म जिल्लाकै सर्वाधिक राशिको गोल्डकपको तयारी गरिएको हो । 

जन्तेढुंगा खेलकुद विकास समितिले शुक्रबार गाउँपालिकाको कार्यालयमा पत्रकार सम्मलेन गरेर ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ गर्न लागिएको जानकारी दिएको हो । जन्तेढुंगा गाउँपालिकाका–५ चिसापानीको खर्क खेलमैदानमा सञ्चालन हुने गोल्डकपमा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद २ लाख ५५ हजार ५ सय र दोश्रो स्थान प्राप्त गर्ने टिमले नगद १ लाख ५५ हजार ५ सयका साथमा कप, मेडल र प्रमाण–पत्र पाउने छन् ।

यस्तै, सेमिफाइनलिष्ट टिमलाई नगद ५०–५० हजारका साथमा प्रमाण–पत्र प्रदान गरिने जन्तेढुंगा खेलकुद विकास समितिका अध्यक्ष सुमन राईले जानकारी दिए । 

गोल्डकपमा उत्कृष्ट एक जना स्ट्राइकर, उत्कृष्ट एक गोल्डकिपर र एक जना उत्कृष्ट एक डिफेण्डरलाई जनही १० हजार तथा म्यान अफ द म्याचलाई ५ हजार प्रदान गर्ने आयोजकले जनाएको छ । खेल क्षेत्रको विकास र प्रवद्र्धनका साथै खेलाडीको प्रोत्साहन गर्ने उद्धेश्यले गोल्डकपको आयोजना गरिएको हो । गोल्डकपमा अनुमानित ३० लाखभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । ‘फुटबलको व्यावसायिक खेलाडी उत्पादन तथा व्यवसायीकरणका लागि गोल्डकपको आयोजना गरिएको हो,’ अध्यक्ष राईले भने, ‘खेल र खेलाडीसँगँै गाउँपालिकाको पहिचान, सम्मान र गरिमा अभिवृद्धिमा पनि टेवा पुग्ने अपेक्षा राखेका छौँ ।’ 

गोल्डकपलाई सफल बनाउन खेल क्षेत्र, निकाय तथा खेलप्रेमी जनसमुदाय समक्ष सहयोगको अपिल गर्ने आयोजकले जनाएको छ । खेलकुदको माध्यमबाट खेलाडीको उपादनसँगै सामूहिक भावनाको विकास तथा पालिकाकाको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्धन तथा प्रचार–प्रसारमा समेत टेवा पुग्ने समितिका सचिव अमित राईले बताए ।

फुटबल खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि पालिका स्तरीय खेलकुद विकास समिति एन्फामा दर्ता गर्ने प्रकृया पनि अगाडि बढाइने जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष अरुणादेवी राई र उपाध्यक्ष खेमबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।