जुनियर विश्वकप कबड्डीमा सुदूरपश्चिमका पाँच खेलाडी

महेन्द्रनगर, १३ फागुन (रासस) : सुदूरपश्चिमको कबड्डी खेलको इतिहासमा दुई दशकपछि यहाँका पाँच कबड्डी खेलाडी दोस्रो जुनियर विश्वकप कबड्डी प्रतियोगितामा भाग लिदैछन् ।

सुदूरपश्चिममा पनि कञ्चनपुरबाट सिनियरतर्फ पहिलो र दोस्रो विश्वकप कबड्डीमा यहाँका तीन खेलाडीले प्रतिनिधित्व गरेका थिए । आइतबारदेखि इरानमा हुने जुनियर विश्वकप कबड्डीमा सुदूरपश्चिमबाट पहिलो पटक एकसाथ पाँच खेलाडी राष्ट्रिय टिममा अटाउँदै विश्वकपमा भाग लिँदैछन् ।

कबड्डीका निर्वतमान मुख्य प्रशिक्षक विष्णुदत्त भट्टले राष्ट्रिय टिममा आफ्नो जबर्जस्त उपस्थिति जनाउँदै इरानमा हुने विश्वकपमा यहाँका पाँच खेलाडी सहभागी हुने बताउनुभयो । “दशमध्ये पाँच जना खेलाडी सुदूरपश्चिमबाट पर्नु सामान्य विषय होइन”, उहाँले भन्नुभयो, “खेलाडीको नियमित प्रशिक्षण, लगन र मेहनतले विश्वकपसम्म पुग्ने अवसर पाए ।”

मुलुकको प्रतिनिधित्व गर्दै जुनियर विश्वकप खेल्न जानेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रकाश गिरी, आकाश भट्ट, विजय दमाईका साथै कैलालीका रामु टमाटा र गणेश पार्की रहेका छन् । “जुनियर विश्वकपमा १८ मुलुक सहभागी हुनेछ”, भट्टले रासससित भन्नुभयो, “विश्वकप जुनियरतर्फ पहिलोपटक सहभागी हाम्रो देशको प्रदर्शन राम्रो हुनेमा आशावादी छौँ ।”

त्यस्तै कबड्डी खेलाडी आकाश भट्टले विगतमा गरेको प्रशिक्षण र खेलेका प्रतियोगिताको अनुभवका आधारमा विश्वकपमा प्रदर्शन गर्ने बताउनुभयो । “बन्द प्रशिक्षणमा पनि प्रशिक्षण राम्रो भएको छ”, उहाँले भन्नुभयो, “पहिलो सहभागिता भएकाले प्रदर्शनमा कमी हुन दिन्नौँ ।” विश्वकपमा सहभागी भीमदत्त नगरपालिकाका तीनै जना खेलाडी महेन्द्रनगरस्थित कबड्डी प्रशिक्षण केन्द्रमा दुई वर्षयता र कैलालीबाट छनोट भएका दुई खेलाडी भारतको मुम्बैमा प्रशिक्षणरत हुनुहन्थ्यो ।

“सुदूरपश्चिमबाट सात जना खेलाडी विश्वकपका लागि बन्द प्रशिक्षणमा थिए”, निवर्तमान मुख्य प्रशिक्षक भट्टले भन्नुभयो, “सातमध्ये पाँच जना खेलाडी छनोटमा परे ।” विसं २०३७ देखि ०३९ सम्म मुलुककै अब्बल सुदूरपश्चिमको कबड्डी टिमले अहिले पनि खेलाडी तयार गर्न र पदक दिलाउने काममा अग्रसर नै रहेको भट्टको भनाइ छ ।

सिनियरतर्फ कञ्चनपुरबाट लक्ष्मण अधिकारी, प्रेम थापा, डम्बर बडवाल र महिलातर्फ सरस्वती ऐर र लक्ष्मी ठगुन्नाले विश्वकप कबड्डी खेलिसकेको विगत छ । कञ्चनपुरमा कबड्डीको प्रशिक्षण सञ्चालनमा आएयता कबड्डी खेलप्रतिको आकर्षणसमेत बढेको छ । “कबर्डहलमा नियमति ४५÷५० जना प्रशिक्षणमा छन्”, भट्टले भन्नुभयो, “कबड्डीको विकासमा यहाँ सङ्घको पनि महत्वपूर्ण भूमिका छ ।”

त्यसैगरी सिनियरतर्फ पहिलो र दोस्रो विश्वकप खेलेका यहाँका पूर्वराष्ट्रिय खेलाडी लक्ष्मण अधिकारीले आफू दोस्रो विश्वकपमा नेपालको टिममा उपकप्तान रहेको बताउनुभयो । “कबड्डीको विकासमा र खेलाडीको भविष्य सुनिश्चिताका लागि राज्यको ध्यान पुगेन भने अन्तर्राष्ट्रियस्तरमा सहभागिता मात्रै हुने हुन्छ”, उहाँले भन्नुभयो, “राज्यको ध्यान नपुगेकै कारण विगतमा धेरै खेलाडी बाध्य भएर पलायन हुन पुग्यौँ ।”—

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।