‘सुम्वादो’ अन्तरदेशीय कविता वाचन सम्पन्न

दमक । दमकस्थित कदम थिएटरको आयोजनामा ‘सुम्वादो’ अन्तरदेशीय कविता वाचन कार्यक्रम शनिबार आयोजना भएको छ । कदम कविता कन्सर्टको विशेष शृङ्खलाको रुपमा आयोजित कार्यक्रममा नेपाल, प्रवास र भारतका नौजना कविहरु सहभागी भएका हुन् ।

कार्यक्रममा नेपालका चारजना, भारतका चारजना र प्रवासबाट एकजना गरेर जम्मा नौजना कविहरु सहभागी भएका थिए । कार्यक्रममा नेपालबाट किरण शिवा, दीपा दाहाल, रोशन परियार र सन्जित फलाना सहभागी भएका थिए । भारतबाट आशिष लिम्बू, राकेश क्रान्तिकारी, विशाल नाल्बो र स्मिता सोताङ राई सहभागी भएका थिए । प्रवासबाट कवि पराजित पोमुको सहभागिता थियो । सहभागी प्रत्येक कविले आफ्ना तीनतीनवटा कविता वाचन गरेका थिए ।

कार्यक्रममा तुम्याहाङको रुपमा कविद्वय प्रकाश बुढाथोकी र धर्मेन्द्र नेम्बाङ उपस्थित थिए । दमक नगरपालिकाको वडा नं ९ स्थित निर्माणाधिन कदम थिएटरको ‘पाङ्वा इला हिम्’ कक्षमा आयोजित कार्यक्रममा बोल्दै कवि धर्मेन्द्र नेम्बाङले कार्यक्रमलाई साहित्यमा विकेन्द्रीकरणको युवा अभियानको रुपमा व्याख्या गरेका थिए । नेम्बाङले भने, ‘राजधानी काठमाडौंमा पनि आजसम्म नगरिएको साहित्यिक अभ्यास दमकले गरेको छ ।’ तीन अलग पृष्ठभूमिका युवा कविहरुले एउटै मञ्चबाट कविता वाचन गर्दा समकालीन नेपाली साहित्यबारे युवाहरुको चिन्तन कस्तो रहेछ भनेर प्रष्ट भएको उनले बताए ।

कार्यक्रमका तुम्याहाङ कवि प्रकाश बुढाथोकीले यस कार्यक्रमले नेपाल-भारत साहित्य सम्बन्धलाई पुनर्जीवन दिएको बताए । बुढाथोकीले भने, ‘हिजो आइबी राई, प्रकाश कोविदहरुले नेपालसित जोडेको साहित्यिक सम्बन्धको सेतुको आज पुनर्निर्माण भएको छ ।’ अन्तरदेशीय साहित्यिक सम्बन्धलाई थप मजबुत बनाउन यस्ता किसिमका कार्यक्रम र प्रकाशन निरन्तर हुनुपर्ने उनको धारणा थियो ।

आयोजकका तर्फबाट कदम थिएटरका अध्यक्ष हेमन्त बुढाथोकीले सहभागी कविहरुलाई सम्मानपत्र वितरण गरेका थिए ।

याक्थुङ (लिम्बू) भाषामा सुम्वादोको अर्थ त्रिवेणी हो । तीन फरक अनुभव र भूगोलका कविहरुले कविता वाचन गर्ने कार्यक्रम रहेकोले यसको शीर्षक सुम्वादो राखिएको आयोजकले जनाएको छ ।

कदम थिएटरको आयोजनामा सम्पन्न ‘सुम्वादो’ अन्तरदेशीय कविता वाचन कार्यक्रमका लागि बलिन्द्र योङहाङ, अमित याक्थुङ्बा र उत्तम खजुमले आर्थिक सहयोग गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।