धनकुटाका कवि रोशन परियार कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कारद्वारा पुरस्कृत

धनकुटा । कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरले २०७८ सालको तीनवटा पुरस्कार तीनजना स्रष्टालाई प्रदान गरेको छ ।

बर्षको कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार धनकुटाको पाख्रीबास निवासी कवि रोशन परियारलाई प्रदान गरिएको छ ।पुरस्कारको राशि ११ हजार रुपैंया रहेको छ । धनकुटाको पाख्रिबास जन्म र कर्मभूमि बनाएर नेपाली साहित्यमा चम्किला ताराको रुपमा उदाएका कवि रोशनको “सियोको दूरबिन” कविता संग्रह प्रकाशित छ ।

सम्मान लिंदै कवि रोशनले भने कवि तथा गीतकार दिनेश अधिकारी र कवि सुधा एम राईले टेकेको माटोलाई सँगै उभिएर मैले स्पर्श गर्न पाउनु अर्को खुशीको क्षण हो मेरो।

कार्यक्रममा प्रतिष्ठानले “कृष्णभूषण बल स्मृति सिर्जना सम्मान २०७८” ले कवि तथा गीतकार दिनेश अधिकारी (काठमाण्डौँ ) लाई नगद रु. पच्चीस हजार सहित सम्मान पत्रले सम्मान गरेको छ भने कृष्णभूषण बल स्मृति सिर्जना विशेष सम्मान २०७८” ले कवि सुधा एम राई ज्यू (सिक्किम) लाई नगद रु. पन्ध्र हजार सहित सम्मान पत्रले सम्मान गरेको छ ।

कार्यक्रमका अध्यक्ष साहित्यकार केशव आचार्य , प्रमुख अतिथि कवि तथा गीतकार शिवशंकर थापा साथै प्रमुख संरक्षक शोभा लामा बलको हातबाट कवि रोशनलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

कवि सुमन पोखरेलले व्यवस्थापन गर्नु भएको कार्यक्रमलाई कवि रमेशचन्द्र अधिकारीले सञ्चालन गर्नु भएको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।