श्रेष्ठको संयोजकत्वमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन संघ गठन
धनकुटा । योगेश्वर बहादुर श्रेष्ठको संयोजकत्वमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन संघ गठन गरिएको छ ।
मंगलबार धनकुटामा आयोजित ब्याडमिन्टन खेलाडीहरूको भेलाले भेट्रान ब्याडमिन्टन खेलाडी श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय तर्दथ समिति गठन गरेको हो ।
नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठको अध्यक्षता तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष जिना कार्कीको प्रमुख आतिथ्यतामा बसेको भेलाबाट गठित समितिका कोशी प्रदेशका प्रत्येक जिल्लाबाट एकरएक जना सदस्य रहेका छन् ।
समितिका सदस्यहरुमा धनकुटाका किरण प्रधान,पाँचथरका भवानी बिक्रम आङ्दम्बे, सुनसरीका मणिराज गुरुङ, इलामका इश्वर चिपालु, उदयपुरका राजेश कार्की, ताप्लेजुङका सुरेश सिंघक लिम्बु, झापाका प्रकाश राई, तेह्रथुमका नारायण श्रेष्ठ, मोरङका डिल्लीराज डाँगी, भोजपुरका विशाल तामाङ रहेकाछन्।
संखुवासभा र सोलुखुम्बुबाटपछि प्रतिनिधित्व गराइने समितिले जनाएको छ।


