मिल्स क्रिकेट प्रतियोगिता : एनबीएससी क्रिकेट क्लब फाइनलमा

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा एनबीएससी क्रिकेट क्लब विराटनगर फाइनलमा पुगेको छ । वाइआरसीसी विराटनगरलाई ६३ रनले निराश बनाउँदै एनबीएससी उपाधि नजिक पुगेको हो ।

वाइआरसीसीले उपाधिको लागि बिहीबार अन्तिम सेमिफाइनल खेल घरेलु टिम मिल्स क्रिकेट क्लब र एनसीसी नरपथगन्ज बिहारबिचको बिजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

विराटनगर जुट मिलको खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा एनबीएससीले दिएको १९८ रनको लक्ष्य पछ्याएको वाइआरसिसीले १८.३ बलमा १० विकेट गुमाइ १३५ रनमा सिमित भयो । जसमा वाइआरसिसीका श्रवण यादव र दिलिप नाथले समान २४–२४ रन बनाए । हेमन्त धामीले १६ रनको योगदान दिए ।

बलिङमा एनबीएससीका विधान गोस्वामीले सर्वाधिक ४ विकेट लिए । उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए । प्रशान्त कुमारले २ विकेट र रन्जित कुमारले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको एनबीएससीले निर्धातिर २० ओभरमा ७ विकेट गुमाइ १९७ रनको बनाएका थिए । एनबीएससीका कुमार रनिसले ३५ रन, रंजित कुमारले ३४ रन बनाए । युसुप नधिमले ३० रनको योगदान दिए ।
बलिङमा वाइआरसीसीका श्रवण यादव, रिहान खान र हेमन्त धामीले समान २–२ विकेट लिए ।

घरेलु टिम मिल्स सेमिफाइनलमा
सोही दिन भएको अन्तिम क्वाटरफाइनल खेलमा घरेलु टिम मिल्स क्रिकेट क्लब रानी विराटनगर विजयी भएको छ । ओसिस क्रिकेट क्लब काठमाण्डौलाई ४३ रनले निराश बनाउँदै घरेलु टिम मिल्स क्रिकेट क्लब विजयी भइ सेमिफाइनलमा पुगेको हो ।

विराटनगरले दिएको २४२ रनको विशाल लक्ष्य पछ्याएको काठमाण्डौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाइ १५८ रनमा समित भयो । जसमा ओसिसका सुमित श्रेष्ठले ४७ बलमा ९४ रनको अर्धशतकीय इनिङ खेल्दै अविजित रहे । सुजन थपलियाले २३ रन, सम्राट भुसालले २२ रनको योगदान दिए ।
मिल्स क्रिकेट क्लबका पवन सरापले २ विकेट, सुमित महर्जनले २ विकेट, रुपेश सिंहले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकटे गुमाइउँदै २४१ रन बनाएको थियो । मिल्सका सुमित महर्जनले ३० बलमा ७० रनको अर्धशतकीय ईनिङ खेल । उनको ब्याटबाट ६ वटा छक्का र ७ वटा चौका प्रहार गरेका थिए । पवन सरापले २५ बलमा ५० रनको योगदान दिए । अरुण एरीले ३७ रन बनाउँदै अविजित रहे ।

ओसिसका सुमित श्रेष्ठले ३ विकेट लिए । उनी खेलको म्यान अफ द म्याच घोषित भए । दिपक चन्द, सहप आलमले समान २÷२ विकेट लिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖