साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को अनौठो माया सार्वजनिक

काठमाडौ । विगत चार दशकदेखि नेपाली भाषा र नेपाल भाषामा निरन्तर कलम चलाउँदै आउनु भएका विश्व कृतिमानी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को साहित्यिक कृति अनौठो माया (उपन्यास) एक भव्य समारोहबीच राजधानीमा सार्वजनिक गरिएको छ ।

ओएसनेपालको आयोजनामा ओएसनेपाल म्युजिक अवार्ड २०८० को नोमिनेसन प्रमाणपत्र वितरण कार्यक्रमको प्रमुख अथिति माननीय अमन लाल मोदी संघीय मामिला तथा प्रशासन मन्त्री र विशेष अथिति एस. एस. पि धनबहादुर कार्कीबाट संयुक्त रूपमा साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ द्वारा लिखित उपन्यास सार्वजनिक गर्नुभएको भयो । कार्यक्रम बोल्नु हुँदै प्रमुख अथिति माननीय अमन लाल मोदी र विशेष अथिति एस. एस. पि धनबहादुर कार्कीले अवार्डको प्रमाणपत्र पाउने सबैलाई हार्दिक बधाई र साहित्यकार सुरेन्द्र महर्जन अमरलाई शुभकामना र सफलताको कामना व्यक्त गर्नु भयो । २०७४ सालबाट निरन्तर साहित्य र कला क्षेत्रका पुस्तक एल्बम लगायत साहित्यकार अमरका कृतिहरू ओएसनेपालले प्रकाशन गर्दै आइरहेको र अझ मौका मिलेको खण्डमा उहाँको कृतिहरू अझै प्रकाशन गर्दै जाने ओएसनेपालको तर्फबाट विवेक कार्कीले बताउनु भयो ।

    अनौठो माया (उपन्यास) का लेखक सुरेन्द्र महर्जन ‘अमर’ ले आफ्नो उपन्यासभित्रका कथा काल्पनिक मात्रै नभएर अहिलेको जवानामा यथार्थमा पनि कहीँकतै आफ्नो बनेर धोका दिने मान्छेहरू धेरै हुने भएको कारण कथालाई अलग्गै तरिकाले उपन्यासमा समेटिएको बताउनु भयो । नाम र मान्छेलाई पात्रको कुनै माध्यमबाट सम्बोधन गरे पनि कसैलाई होच्याउने नगरिएको बताउनु भयो । कथालाई पूर्णता दिन पात्रहरू आवश्यक पर्ने हुनाले कसैलाई पात्रको रूपमा समावेश गरेको उहाँले बताउनुभयो । उपन्यासकार अमरले हालै सगरमाथा बेस क्याम ५३६४ मिटर अग्लो स्थानमा आफ्नो उनन्तिसौ कृति विमोचन गरेर विश्व कृतिमानी वल्ड बुक अफ रेकर्ड राखेर विश्व कृतिमानी प्रमाणपत्र हाँसिल गरिसक्नु भएको छ  ।लेखनका साथसाथै उहाँ चित्रकारिता, गायन पनि उतिकै ससक्त हुनु हुन्छ । उहाँको यस अघि कविता, गीत, हाइकु, एल्बम, गीतिकविता, उपन्यास, नेपाली कथानक गीतिचलचित्र गरेर एकतीसभन्दा बढी कृति प्रकाशन भैसकेको छ भने यो उपन्यास उहाँको ३२ औं कृति हो ।

   उपन्यास सार्वजनिक कार्यक्रममा उपन्यासकार संघका अध्यक्ष शंकर भारतीले ‘अनौठो माया’ उपन्यास पढ्दा घटनाहरू कौतुहलपूर्ण छन् । पढेपछि छोड्नै मन हुदैन अन्त कसरी हुन्छ अब के होला भन्ने जिज्ञासा हुँदा हुँदै उपन्यासको अन्त हुन्छ । जसलाई मैले लेखकको सुन्दर कल्पना शक्ति र सो कल्पनालाई मूर्त रूप दिन सक्ने अनुभवी लेखन सिल्पिकै उपज मानेको छु । वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन “अमर” लाई सुन्दर सृजनाको लागि शंकर भारतीले शुभकामना एवं हार्दिक बधाई दिनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।