कवि जुनु घिमिरेको कविता संग्रह ‘पसिनाको घर’ लोकार्पण
धनकुटा,१५ असार । कवि जुनु घिमिरेको कविता संग्रह “ पसिनाको घर ” लोकार्पण गरिएको छ । कवि जुनु घिमिरेद्धरा लिखित कविता संग्रह धनकुटामा शुक्रबार लोकार्पण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार, समाजसेवी गर्गाचार्य समुदायिक विश्वभाषा पुस्तकालायका संरक्षक टिकाप्रसाद लामिछाने, कार्यक्रमका बिशेष अतिथी धनकुटा बहुमुखी क्याम्पसका प्राध्यापक डा यज्ञप्रसाद गुराँगाई, कविकी आमा बिमला घिमिरे लगायतले कविता संग्रहको लोकार्पण गर्नु भएको थियो ।
कविता संग्रहको बिवेचना गर्दै डा यज्ञप्रसाद गुराँगाइले कविता संग्रहले जिवन भोगाइका बिषयलाई समेटेको बताउदै कविता संग्रह उत्कृष्ठ रहेको धाराण राख्नुभयो ।
लोकार्पण गरिएको कवितामा ४२ वटा कविता संग्रह गरिएको छ । जीवनचक्रमा देखेका सुनेका र भोगेका बिषय बस्तु लाई सिर्जना गरेर कविता संग्रह तयार पारिएको कवि घिमिरेले बताउनु भयो ।
सल्लेरी साहित्य संगमको आयोजनामा गरिएको कार्यक्रमको सयोजन जेष्ठ नागरिक संघ धनकुटा नगरपालिका वडा न ७ ले गरेको थियो । कार्यक्रममा कवि तथा साहित्यकार भोलानाथ घिमिरे, गर्गाचार्य विश्वभाषा पुस्तकालयका अध्यक्ष घनश्याम बराल, धनकुटा बहुमुखी क्यापसका सहायक क्यापस प्रमुख मानबहादुर भण्डारी, शिक्षासेवी दामोदर दाहाल, जेष्ठनागरिक टिकाप्रसाद घिमिरे लगायत विभिन्न संघ संस्थाका प्रतिनिधी, साहित्यकार बुद्धिजिवीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य जेष्ठ नागरिक संघ धनकुटा नगरपालिका वडा न ७ का अध्यक्ष बुद्धिकान्त घिमिरेले गर्नु भएको थियो । कार्यक्रमको सभापतीत्व सल्लेरी साहित्य संगमका अध्यक्ष रमेशचन्द्र अधिकारीले गर्नु भएको थियो भने कार्यक्रमको संचालन देबकला कार्किले गर्नु भएको थियो ।


