धनकुटा उद्योग बाणिज्य संघद्वारा वित्तिय संस्था तथा बैकहरुलाई ज्ञापन पत्र
धनकुटा । ऋणको व्याज घटाउन, व्यावसायीहरुलाई कालो सूचीमा राख्ने र लिलाम गर्ने प्रक्रिया अलिम्ब रोक्न माग गर्दै धनकुटा उद्योग बाणिज् संघले धनकुटाका वितिय संस्था तथा बैकहरुमा ज्ञापन पत्र बुझाएको छ ।
कोरोनाको माहामारी र रुस-युक्रेन युद्धको कारण चरम आर्थिक संटक बेहोर्नुपर्दा व्यावसायीहरुले ऋणको किस्ता बुझाउन नसकेको भन्दै ऋणको व्याज घटाउन, कालो सूचीमा राख्ने र लिलाम गर्ने प्रक्रिया तत्काल बन्द गर्ने माग गर्दै संघले धनकुटामा रहेका सबै वितिय संस्था र बैंकहरुमा ज्ञापन पत्र बुझाएको हो ।
धनकुटाका बितिय संस्थाहरु बैकहरुमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग,सचिव राम वहादुर रायमाझी, कार्यकारी सदस्यहरु नविन श्रेष्ठ,नगेन्द्र काफ्ले,घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,कार्यालय सचिव मातृका राई लगायतका उद्योगी व्यापारी तथा व्यावसायले गई ज्ञापन पत्र बुझाउनु भएको थियो ।
धनकुटा बजारमा रहेको राष्टिय बाणिज्य बैंक, नेपाल बैक लिमिटेड धनकुटा,कृषि विकास बैंक,माछापुच्छे बैंक लगायतमा ज्ञापन पत्र बुझाइृएको संघले जनाएको छ ।
व्यावसायीहरुले ऋणको किस्ता नतिरेको भन्दै ऋण बुझाउन दवाव दिने,कालो सूचीमा राख्ने, लिलामी प्रक्रिया अगाडी बढाउने जस्ता कार्य गरेका कारण व्यावसायीहरु तनावमा परेको र कतिले त आत्मा हत्या समेत गरेकाले व्यावसायीहरुको जीवन रक्षाका लागि त्यस्तो दवाव नदिन माग गर्दै बैंकहरुमा ज्ञापन पत्र बुझाएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो । व्यावसाय सञ्चालनमा सुधार आएपछि ऋणको किस्ता बुझाउने प्रतिवद्धता समेत व्यावसायीहरुले गरेका छन ।
ज्ञापनपत्र बुझाउन संघका अध्यक्ष राई सहित वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग,सचिव राम वहादुर रायमाझी, कार्यकारी सदस्यहरु नविन श्रेष्ठ,नगेन्द्र काफ्ले,घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,कार्यालय सचिव मातृका राई लगायतका टोलि बैंक तथा वित्तीय संस्थाहरुमा पुगेका थिए ।



