धनकुटामा तमोर नदीमा खसेर दुई व्यक्ति बेपत्ता
धनकुटा । धनकुटाको चौबिसे गाउपालिका ५ मुर्कुते स्थित तमोर करिडोर सडक निर्माण कार्यमा काम गर्ने दुई व्यक्ति तमोर नदीमा खसेर बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा मकावनपुर जिल्ला मनहरि गाउपालिका ५ बस्ने वर्ष ३२ को राजु लो तामाङ र सोही स्थानका वर्ष १८ काा दुवा मोक्तान रहेको प्रहरीले जनाएको छ ।
काम गर्ने क्रममा बुधबार अचनाक चिप्लिएर तमोर नदीमा खस्दा नदीले बगाएर उनिहरु बेपत्ता भएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाउन साथ मुलघाट प्रहरीचौकी धनकुटाकाट तत्काल प्रहरी सहायक निरीक्षक भोलानाथ वाग्लेको नेतृत्वमा ४ जनाको टोली मार्फत खोजी भईरहेको प्रहरीले जनाएको छ ।
अहिले सम्म उनिहरु फेवा नपरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनााएको छ ।


