जिल्ला बक्सिङ संघ धनकुटाद्वारा कोशी प्रदेश स्तरिय बक्सिङ प्रतियोगिताका विजेता खेलाडी र प्रशिक्षकलाई सम्मान

धनकुटा । जिल्ला बक्सिङ संघ धनकुटाले कोशी प्रदेश स्तरिय बक्सिङ प्रतियोगिताका विजेता खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको छ । संघले आज धनकुटामा विजेता खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको हो ।

हालै उदयपुरमा सम्पन्न प्रदेश स्तरिय प्रतियोगिताका स्वर्ण पदक विजेता शर्मिला आलेमगर, रजत पदक विजेता हाङसवा लिम्बू र कास्य पदक विजेता सञ्जय आले र नेगिन्द्र थापा मगरलाई सम्मान गरिएको जिल्ला बक्सिङ संघ धनकुटाका सचिव कुमार बस्नेतले जानकारी दिनुभयो ।

यस्तै बक्सिङका प्रशिक्षक किशोर लिम्बूलाई पनि सम्मान गरिएको छ । कोशी प्रदेश स्तरिय बक्सिङ प्रतियोगितामा धनकुटाको नाम राख्न सफल भएका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको बक्सिङ संघ धनकुटाका अध्यक्ष विदुर खवासले बताउनु भयो ।

उहाँले धनकुटालाई बक्सिङमय बनाउन लागिपरिरहेको र आगामी साउन दोस्रो सातादेखि बक्सिङ संघले धनकुटामा नियमित प्रशिक्षण कार्यक्रमको तयारी गरिरहेको समेत जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।