कुखुरा बेचेर नुनतेल जोहो गर्दै माझी महिला

सिन्धुपाल्चोक, साउन ५ । सिन्धुपाल्चोकको इन्द्रावती नदी आसपास माझी बस्ती छ। तर बर्सेनिजसो आउने बाढीपहिरोले नदी किनारमा जीविकोपार्जन गर्ने अल्पसङ्ख्यक माझी समुदायको बस्ती विस्थापित गर्दै लगेको छ। २०७८ असार १ गते मेलम्ची र इन्द्रवतीमा आएको गेग्य्रानसहितको बाढीले यो बस्ती पूर्ण रूपमा विस्थापित बनायो।

त्यसपछि इन्द्रावती गाउँपालिका–५, बाँडेगाउँमा करिब ३६ घरधुरीको एकीकृत माझी बस्ती निर्माण भयो। यो माझी बस्तीमा प्रायः आधा उमेर ढल्केका तथा विवाहित महिलाको दैनिकी घरधन्दामै बित्छ। केही ससाना केटाकेटी खेलेर दिन काट्छन् भने धेरै जसो विद्यालय जाने, पढ्ने, लेख्ने गर्छन्।

घरका छोरा मान्छे ज्याला, मजदुरी गर्ने, कोही साहुको खेतबारीमा काम गर्छन्। देशका अन्य गाउँठाउँमा झैँ युवा उमेर समूहका व्यक्ति यो माझी बस्तीमा निकै कम छन्।

“दुई वर्षअघिको बाढीले घरजग्गा, खेतबारी सबै बगायो। जोगाएर राखेको अन्नपात सबै बगायो,” प्रकाश माझीले भने, “बाढीका कारण नदीका माछा पनि लाखापाखा लागे।” पार्वती माझीको दैनिकी पनि एकीकृत माझी बस्तीको घरैमा बित्छ। श्रीमानले कमाएर ल्याए खाने, नल्याए के खाने भन्ने चिन्ता उनलाई बेलाबखत लाग्ने गरेको छ। दिन कटाउन र थोरै आयआर्जन हुने आशाले १०–१२ वटा कुखुरा पालेकी उनले तिनै कुखुरापालनबाट नुन, तेल र चामलको जोहो गर्ने गरेको बताईन् । राजधानी दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।