नेपाली बजारमा भित्रिदै ओप्पोको नयाँ फोन, के के छन् विशेषता ?

काठमाडौं । नेपाली बजारका लागि ओप्पोले नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले एक विज्ञप्ति सार्वजनिक गर्दै आफ्नो ‘ए’ सिरिजको नयाँ स्मार्टफोन ‘ओप्पो ए७८’ सार्वजनिक गर्ने घोषणा गरेको हो ।

यो फोनले प्रयोगकर्तालाई प्रिमियम अनुभव दिने कम्पनीको दाबी छ । डाइमण्ड म्याट्रिक्स डिजाइन भएको यो फोनमा ६.५६ इन्चको डिस्प्ले छ, जसमा ९० हर्जको रिफ्रेसरेट दिइएको छ ।

फोनमा मिडियाटेक एमटी६८३३ डाइभेन्सिटी ७०० चिपसेट प्रयोग गरिएको छ । ओप्पो ए७८ मा ५० मेगापिक्सेलको मुख्य क्यामेरा सहित ८ मेगापिक्सेलको सेल्फि क्यामेरा छ ।

अन्तर्राष्ट्रिय बजारमा जनवरी ७ मा सार्वजनिक भएको फोन नेपाली बजारमा भने अहिले आउन लागेको हो । कम्पनीले उपलब्ध हुने मिति र मूल्यको विषयमा भने कुनै जानकारी दिएको छैन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖