एक सातापछि आज ओली स्वदेश फर्कँदै

नेकपा एमालेका अध्यक्ष केपी ओली झन्डै एक साताको कम्बोडिया भ्रमण सकेर स्वदेश फर्कँदैछन्। कम्बोडियामा भएको निर्वाचन पर्यवेक्षणका लागि राजधानी नोमपेन्ह पुगेका एमाले अध्यक्ष ओलीसहितको टोली आज राति १० बजे स्वदेश फर्कने उनको सचिवालयले जनाएको हो।प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओली साउन २ गते राति पत्नी राधिका शाक्य,उपमहासचिव विष्णु रिमालसहितको टोली कम्बोडियाको निर्वाचन पर्यावेक्षका लागि त्यसतर्फ प्रस्थान गरेका थिए। कम्बोडियामा कुल ९७ लाख १० हजार ६ सय ६५ मतदाताले १ सय २५ जना विधायकको निर्वाचित गर्न मतदान गरेका छन्।निर्वाचनमा देशभर २३ हजार ७ सय ८९ मतदान केन्द्र तोकिएको थियो। निर्वाचनको पर्यवेक्षणमा ओलीसहित विभिन्न समूहमा ३ सय ३४ जना विदेशी पर्यवेक्षक बिहानै देखि जुटेका थिए।

पर्यवेक्षणकै क्रममा उनले आइतबार दिउँसो ४ बजे श्रीलङ्काका पूर्वराष्ट्रपति तथा वर्तमान सांसद मैत्री पाला सिरिसेनासँग भेटवार्ता गरेका थिए। साथै हिजो साँझ ६ बजे ओली शान्तिका लागि अन्तर्राष्ट्रिय उच्च परिषद्ले आयोजना गरेको रात्रि भोजमा सहभागी भएका थिए।

यसैबीच,कम्बोडियामा आइतबार सम्पन्न राष्ट्रिय निर्वाचनमा प्रधानमन्त्री हुन सेन नेतृत्वको कम्बोडियन पिपुल्स पार्टीले बहुमत प्राप्त गरेको छ। सेनको कम्बोडियन पिपुल्स पार्टीले कुल १२५ सिटमध्ये १२० सिट जितेको हो। प्रमुख प्रतिपक्षी दललाई चुनाव लड्न प्रतिबन्ध गरेको हुन सेनको पार्टीले ९६ प्रतिशत मत प्राप्त गरेको जनाइएको छ। यद्यपी निर्वाचनको औपचारिक घोषणा हुन भने बाँकी छ। लामो समयसम्म सत्तामा रहेको सीपीपीसँग १७ साना दल चुनावी दौडमा थिए।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖