धनकुटा पाख्रीबासका एक बालक बेपत्ता
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका का एक बालक बेपत्ता भएका छन् ।
जिल्लाको पाख्रीबास नगरपालिका वडा नं ८ मालमासे (साविक मुगा-५) निवासी गोपाल राईको नाति,यज्ञ राईको छोरा १४ बर्षिय शोमन राई गत साउन ६ गते शनिबार करिब १०/११ बजे तिरबाट बेपत्ता भएका हुन् ।
बेपत्ता बालकले पहेंलो कोठे कमिज लगाएको र उंचाई करिब ४ फिच रहेको छ । राईको बुबा रोजगारीको क्रममा तराईतिर छन् भने आमाको पहिला नै मृत्यु भइसकेको र घरमा बाजे-बोजु संग बस्दै आएका थिए ।
उक्त दिन बाजे काम विशेषले पाख्रीबास बजार आएको र घरमा केही नभएको बेला स्कुलको झोला साथमा पहेलो रंगको जेब्रा झोला सहित राई बेपत्ता भएको र हाल सम्म पनि नभेटिएको वडा नं ८ का वडा अध्यक्ष गणेश राईले बताउनु भयो ।
राई राम माध्यमिक बिद्यालय मुगामा कक्षा ७ का बिद्यार्थी समेत हुन् ।
बेपत्ता बालक राईलाई कतै कसैले देख्नु वा भेट्नु भए सम्पर्क नम्बर ९८११३९५४०९/९८१८१८७०५९/९८४२२७४७२५ मा खबर गरिदिन पनि अनुरोध गरिएको छ ।



