खुट्टामा समस्या भएका बिरामीको पेटको शल्यक्रिया गरियो

काठमाडौं । उत्तर प्रदेशको लखिमपुर खिरी जिल्लाको एक निजी अस्पतालमा डाक्टरमाथि गम्भीर लापरवाही गरेको आरोप लागेको छ ।

आरोपका अनुसार बिरामी खुट्टाको उपचारका लागि अस्पताल पुगेका थिए तर डाक्टरले उनको पेटको शल्यक्रिया गरेका थिए ।

समाचार एजेन्सी एएनआईका अनुसार यस विषयमा यूपी सरकारको तर्फबाट लखिमपुर खिरीमा तैनाथ प्रमुख मेडिकल अफिसर डा. सन्तोष गुप्ताको बयान आएको छ।

यस विषयमा अनुसन्धान थालेको डा. गुप्ताले बताए । यससँगै सम्बन्धित अस्पताललाई सिल गरिएको छ ।

उनले भने, ‘नगरस्थित अस्पतालमा बिरामीको गलत शल्यक्रिया भएको खबर मिडियामा आएको थियो । हामीले यस विषयमा अनुसन्धान गर्न दुईजना अधिकृत पठाएका थियौं। अस्पतालले आवश्यक सबै कागजात नदेखाएको भन्दै थप अनुसन्धान गर्नका लागि सिल गरिएको हो । छानबिनमा जे आउँछ, सोही अनुसार थप कारबाही हुन्छ ।”

उनले भने, ‘यस विषयमा मिडिया रिपोर्टमा यो अपरेशन गलत भएको आरोप लगाइएको थियो ।’

डा. गुप्ताले भने, “अपरेसन गर्ने डाक्टर त्यसका लागि योग्य थिए वा थिएनन् र बिरामी जेको उपचारका लागि भर्ना भएका थिए त्यही उपचारका लागि बिरामीको शल्यक्रिया गरिएको हो वा होइन भन्ने आरोपमा हामी अनुसन्धान गरिरहेका छौं।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।