महेश बस्नेत – नारायणकाजी र रवि लामिछानेले स्टन्टबाजीबाहेक केही जानेकै छैनन्

काठमाडौं, १३ साउन । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मुलुक र जनताको हितभन्दा पनि निजी हित र स्वार्थमा लागिरहेको आरोप लगाएका छन् । प्रधानमन्त्री के के न गर्न खोजेजस्तो होहल्लामा मात्र लागेकाले पूर्णतः असफल भइसकेको उनको टिप्पणी छ ।

नेता बस्नेतले एक क्लिन्टल सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने औंल्याउ । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने, ‘आम नागरिक इन्डियन मोटरसाइकल चढ्छन् । तर अधिकांश पाटपुर्जा हङकङ र बैंककबाट आएको छ । एकै व्यक्ति १२२ पटक एयरपोर्टबाट ओहोरदोहोर गरेको छ । तर गृहमन्त्री र अर्थमन्त्री आफ्ना कारणले तस्कर समातिएको भन्ने जस्ता स्टन्टबाजीमा लागेका छन् । यसको दबाब र प्रभावबिना छानबिनका लागि राजीनामाको विकल्प छैन ।’ बस्नेतले ०७५ सालमा केपी शर्मा ओलीको पालामा सुरु भएको डिजिटल मोटिनटरिङ सिस्टम एक वर्षदेखि बिगारिएका आरोप पनि लगाए ।

सुनकाण्डमा रवि लामिछाने पनि स्टन्टबाजीमा लागेको बस्नेतले बताए । उनले थपे, ‘रविले स्टन्टबाजीबाहेक केही जानेकै छैन । आफ्नो दोहोरो पासपोर्टमा सरकारले मुद्दा नचलाएकाले गृहमन्त्रीप्रति उहाँ अनुगृहीत हुनुभएको छ । उहाँले सेटिङ त हो, तर राजीनामा चाहिँ माग्दिनँ भनिरहनुभएको छ । गृहमन्त्री हुँदा उहाँका पनि असंख्य कमजोरी छन् ।’ साथै उनले सरकारलाई ओम्नी, वाइडबडीको फाइल खोलेर देखाउन चुनौती दिए ।

सत्ताका लागि सभामुखको सिग्नेचर प्रयोग गरेकाले भत्किएको कोसी प्रदेशको सरकार गठनका लागि एमाले सबै विकल्पमा खुला रहेको उनले बताए । बस्नेतले भने, ‘कांग्रेसले बुद्धि पुर् याउने हो भने अब एमालेसँग सहकार्य गर्नुपर्छ । केन्द्रमा उच्च तहको समझदारी भयो भने दुई ठूला पार्टीले जनताको माया फेरि पाउन सक्छन् ।’

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।