सारुककी आमाको गुनासो–‘परिवारलाई थाहै नदिई प्रहरीले सुसाइड नोट सार्वजनिक गर्यो’

काठमाडौ । नायक सारुक ताम्राकारको सुसाइड नोट प्रहरीले मिडियामार्फत सार्वजनिक गरेपछि उनको परिवारले गुनासो गरेको छ । मेरो फिल्मसँग कुरा गर्दै सारुककी आमा रुक्मणी ताम्राकारले प्रहरीले यो बिषयमा परिवारलाई जानकारी नै नदिएको भन्दै गुनासो गरेकी छिन् ।

सारुककी आमा यतिबेला प्रहरी प्रभाग, टेकु पुगेकी छिन् । वुझिएअनुसार, सारुकको निधनमा परिवारले किटानी जाहेरी दिने तयारी गरेको छ । कसको विरुद्धमा परिवारले किटानी जाहेरी दिन लागेको हो, यो खुलेको छैन ।

सारुकका पिता सानु ताम्राकार बिरामी भएर शनिबारदेखि अस्पताल भर्ना भएका छन् । आमा रुक्मणीसहित सारुकका परिवारका अन्य केही सदस्यले आज प्रहरीमा किटानी जाहेरी दिने बुझिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।