२ मन्त्रीले दिए राजीनामा

१५ साउन, जनकपुरधाम । मधेश प्रदेशका एक जना मन्त्री र एक जना राज्यमन्त्रीले राजीनामा दिएका छन् ।

मन्त्रालय खोसेर बिनाविभागीय मन्त्री बनाइएका जनमतका वसन्त कुशवाहा र राज्यमन्त्री संजयकुमार यादवले पार्टीको निर्देशनमा राजीनामा दिएका हुन् ।

कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय जेठ ९ मा मुख्यमन्त्री सरोजकुमार यादवले खोसेर एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई नियुक्त गरेका थिए ।

त्यसयता दुवै जना बिनाविभागीय मन्त्री थिए ।दुवैलाई हटाएर अब हुने मन्त्री परिषद् विस्तारमा प्रमुख सचेतक चन्दन सिंह र राज्यमन्त्रीका लागि दलितबाट प्रतिनिधितब गर्न मञ्जु खंगलाई पठाउने तयारी जनमतले गरेको छ ।

आज मधेश सरकारले छैठौं पटक मन्त्री परिषद् विस्तार गर्ने तयारी गरेको छ ।गृह सञ्चार तथा कानुन मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय मुख्यमन्त्रीले अहिले आफैंसंग राखेका छन् । त्यसबाट एकएक वटा मन्त्रालय कांग्रेस र जनमतलाई दिने तयारीमा मुख्यमन्त्री सरोजकुमार यादव छन । कांग्रेसले गृह तथा सञ्चार र जनमतले श्रम तथा यातायात मन्त्रालय पाउने सम्भावना छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।