सुतिरहेका थिए धोनी, एयर होस्टेसले लुकेर यस्तो काम गरिन्; भड्किए प्रशंसक

भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनी निकै चर्चित छन् । यसै कारण प्रशंसकले मौका पाउने बित्तिकै उनीप्रति प्रेम र सम्मान देखाउन चुक्दैनन् । हालै उनीबारे एउटा यस्तो भिडियो सार्वजनिक भएको छ, जुन चर्चित बनेको छ । भिडियोमा मानिसहरूले विभिन्न प्रतिक्रिया दिइरहेका छन् ।

वास्तवमा धोनी विमानमा सुतिरहेका बेला एकजना एयर होस्टेसले उनको भिडियो रेकर्ड गरिन्, जबकी उनकी श्रीमती उनकै छेउमै बसेर मोबाइलमा केही हेरिरहेकी छिन् । तर भिडियो सार्वजनिक भएपछि धोनीको निजी जीवनमा बाधा पुर्‍याएको भन्दै उनका प्रशंसकले एयर होस्टेसलाई गाली गरिरहेका छन् ।

एक प्रयोगकर्ताले लेखेका छन्, ‘तपाईंले गोपनीयताको सम्मान गर्नुपर्छ । यदि कसैले उनको भिडियो बनाएको भए यो कुरा संयुक्त राष्ट्रसम्म पुगिसकेको हुन्थ्यो ।’

अर्का प्रयोगकर्ताले एयर होस्टेसलाई गाली गर्दै भने, ‘के कसैले यी एयर होस्टेसलाई थप व्यावसायिक बन्न र उनको (धोनी) को निजतामा हस्तक्षेप नगर्न ज्ञान दिन सक्छ ?’

यस्तै, अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘एयर होस्टेसले धोनी र उनकी श्रीमती साक्षीको निजतामाथि आक्रमण गरिरहेकी छिन्, जुन पूर्ण रूपमा गलत हो । ’ यसका साथै, एयर होस्टेसलाई जागिरबाट निकाल्नसमेत माग गरिएको छ । प्रयोगकर्ताले इन्डिगो एयरलाइनलाई ट्याग गर्दै लेखेको छ, ‘कसैको गोपनीयता भङ्ग गर्ने कर्मचारीलाई बर्खास्त गर ।’

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖