बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै हिजो सोमबारको तुलनामा सुन र चाँदीकै मूल्य बढेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ कायम छ ।

हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ थियो । हिजो सोमबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको थियो ।

यस्तै, २५ रुपैयाँले बढेको चाँदीको कारोबार आज तोलामा १४ सय ७५ रुपैयाँमा भइरहेको छ । हिजो सोमबार चाँदीको कारोबार मूल्य प्रतितोला १४ सय ५० रुपैयाँ थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।