मलाई पनि राजीनामा उपयुक्त लागेको छैन, तर दिनुपर्‍यो : बाबुराम गौतम

काठमाडौं । सत्ता गठबन्धनमा बहुमत पुर्‍याउन राजीनामा दिएका कोसी प्रदेशका सभामुख बाबुराम गौतमले आफूले परिवेश हेरेर राजीनामा दिएको बताएका छन् । तर, आफ्नै खुसीमा राजीनामा दिएको उनको भनाइ छ ।

मंगलबार सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले भने, “मेरो कसैले हात समाएको छैन । आफ्नै खुसीमा राजीनामा दिएको हुँ ।”

उनले आफूले नैतिकताका आधारमा नभएर परिवेशले मागेपछि राजीनामा दिएको पनि बताए । यद्यपि आफूलाई सरकार गठनका लागि सभामुखले राजीनामा दिने विषय उपयुक्त नलागेको गौतमले बताए ।

“व्यक्तिगत रूपमा भन्दा मलाई पनि राजीनामा उपयुक्त लागेको छैन । तर अहिले प्रदेशको परिवेश र जटिलताको बीचमा मैले राजीनमा दिुपर्‍यो,” उनले भने ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖