राजीनामा दिएका बाबुराम गौतम आज मन्त्री बन्दै

कोशी प्रदेशको सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम मन्त्री बन्ने भएका छन्।
गौतमले मंगलबार सभामुख पदबाट राजीनामा दिएका थिए।सरकार बनाउन बहुमत पुर्‍याउन गौतमले सभामुखबाट राजीनामा दिएका थिए।

मुख्यमन्त्री पछि दोस्रो बरियतामा रहने गरी गौतमलाई मन्त्री बनाउन लागिएको नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता ईन्द्र आङ्बोले बताए। तर कसले कुन मन्त्रालय लिने भन्नेबारे टुंगो लागिसकेको छैन।

आङ्बोका अनुसार बुधबार बिहान ११ बजेपछि गठबन्धन दलको बैठक बसेर मन्त्रालयको टुंगो लगाइनेछ।

अहिले गठबन्धन दलबाट एक एक जनामात्रै मन्त्री बनाउने र विश्वासको मत लिएपछि अरू सदस्य थप्ने सहमति भएको आङ्बोले बताए।

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा माओवादी केन्द्र, समाजवादी र जसपाको समर्थनमा मंगलबार दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री र मन्त्रीहरूको शपथ बुधबार अपराह्न ५ बजेका लागि तोकिएको छ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।