प्रसिद्ध कला निर्देशक नितिन देसाइले आत्महत्या गरे

काठमाडौं । हिन्दी सिनेमा जगतबाट एउटा चकित पार्ने खबर बाहिर आएको छ । बलिउडका चर्चित कला निर्देशक नितिन देसाईले बुधबार बिहान आत्महत्या गरेका छन् । उनको मृत्युको खबर सार्वजनिक हुनासाथ सबै चकित भएका छन् । चलचित्र जगतमा सन्नाटा छाएको छ ।

नितिन देसाई कर्जतस्थित उनको एनडी स्टुडियोमा मृत फेला परेका छन् । उनको मृत्युको कारणबारे प्रहरीले थप विवरण भने दिएको छैन । तर उनले आत्महत्या गरेको बताइएको छ । प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।

प्राप्त जानकारी अनुसार नितिन देसाईले बिहान ४:३० बजे एनडी स्टुडियोमा झुण्डिएर आत्महत्या गरेका थिए । उनको मृत्युको कारण आर्थिक अभाव रहेको बताइएको छ ।

नितिन देसाईले अगस्ट ९ मा आफ्नो ५८ औँ जन्मदिन मनाउन लागेका थिए तर जन्मदिनअघि नै उनले यस संसारलाई सदाको लागि बिदा गरे ।

कर्जतका विधायक महेश बल्दीले नितिन देसाईको मृत्युको बारेमा जानकारी दिएका छन्। आर्थिक अभावका कारण नितिन देसाईले आत्महत्या गरेको उनले बताए ।

उनले भने– नितिन देसाई मेरो निर्वाचन क्षेत्रमा बस्थे । उनी लामो समयदेखि आर्थिक संकटसँग जुधिरहेका थिए । आर्थिक अभावका कारण उनले आज बिहान एनडी स्टुडियोमा आत्महत्या गरेका हुन् ।

नितिनले कला निर्देशकको रूपमा आफ्नो करियर सन् १९८९ मा फिल्म परिन्दाबाट सुरु गरेका थिए। यसपछि उनले धेरै सुपरहिट फिल्मको सेट तयार गरेका थिए ।

उनले डिजाइन गरेका चर्चित फिल्महरूको सेटमा प्यार तो होना ही था, हम दिल दे चुके सनम, मिशन कश्मीर, राजु चाचा, देवदास, लगान, बाजीराव मस्तानी समावेश छन्।

नितिन देसाईले उत्कृष्ट कला निर्देशकको रूपमा ४ पटक राष्ट्रिय पुरस्कार पनि पाएका थिए । दुई दशक लामो आफ्नो करियरमा, नितिन देसाईले बलिउडका धेरै प्रसिद्ध फिल्म निर्माताहरूसँग काम गरे, जसमा सञ्जय लीला भन्साली, विधु विनोद चोपडा, राजकुमार हिरानी, ​​आशुतोष गोवारीकर जस्ता ठूला नामहरू थिए। चलचित्र जगतमा उनको योगदान अतुलनीय छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।